बन्दिपुरको बजेट ६० करोड ६१ लाख

Devghat Online

शेयर गरौ

दमौली, असार १०

तनहुँको बन्दिपुर गाँउपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को वजेट वजेट ६० करोड ६१ लाख ८४ हजार प्रस्तुत भएको छ । गाँउपालिकाको १३ औ गाँउसभाको बैठकमा गाउँपालिकाका उपाध्यक्ष पन्चमाया गुुरुङले सो अनुमानित बजेट प्रस्तुत गरिन् । बन्दिपुरले आगामी आर्थिक वर्षमा संघीय सरकार, प्रदेश सरकार र आन्तरिक श्रोत गरि ४८ करोड ६१ लख ८४ हजार तथा सामाजिक सुरक्षा भत्ता वितरणकोलागि १२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

बन्दिपुरले आगामी वर्षकोलागि शिक्षा, कृषि, पर्यटन र स्वास्थ्य, उत्पादन, रोजगार उन्मुख तथा पुर्वाधारमा जोड दिनुका साथै मानवश्रोत साधनको विकास गर्ने लक्ष्य लिएको छ । बन्दिपुरको सार्वजानिक शिक्षाको गुणस्तरमा जोड दिनुका साथै गाउँपालिकालाई शैक्षिक केन्द्रको रुपमा विकास गर्ने, स्वास्थ्य सम्बन्धि जोखिमबाट नागरिकलाई सुरक्षित राख्ने र गुणस्तरीय स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै स्वास्थ्य पुर्वाधार निर्माण तथा स्तरोन्नती तथा स्वास्थ्य जनशक्तिको विकास गर्ने, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि गरि आयआर्जनको प्रमुख श्रोतको रुपमा ग्रामिण अर्थतन्त्रको सवलिकरण गर्ने उद्देश्यहरु रहेको छ ।

यसैगरि आगामी वर्षभित्र सम्पन्न गर्ने गरि बहुवर्षिय योजनाहरु सम्पन्न गर्ने, बन्दिपुरका सबै घरधुरीमा आधारभुत खानेपानीको पहुँच विस्तार गर्दै स्वच्छ र सफा खानेपानीको सुविधा सबै नागरिकको घर घरमा पु¥याउने, पालिका भित्रका सबै सडकहरुको स्तरोन्नती गर्दै १२ महिना नै सडक सन्चालन हुने व्यवस्था मिलाउने, आवश्यक पुर्वाधारका संरचना निर्माण गरि पुर्वाधार सेवाको विस्तार गर्ने, पर्यटनलाई गाउँपालिकाको मुख्य आयको रुपमा स्थापित गर्ने तथा विभिन्न जातजाती धर्म, कला र संस्कृतीको संरक्षण गर्दै महिला, बालबालिका, जेष्ठ नागरिक, आदिवासी जनजाती, अल्पसंख्यक, अपाङ्ग तथा पिछडिएको वर्ग तथा अािर्थक रुपमा कमजोर वर्गको उत्थान गर्दै सामाजिक न्याय र समतामुलक समाजको निर्माण गर्ने मुख्य लक्ष्य लिईएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर