आवुँखैरेनीको बजेट ६३ करोड १३ लाख

Devghat Online

शेयर गरौ

दमौली, असार १०

तनहुँको आवुँखैरेनी गाउँपालिकाले आगामी आर्थिक वर्षकोलागि ६३ करोड १३ लाख ५१ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँ पालिकाको १३ औं गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्यालले अनुमानित ६३ करोड १३ लाख ५१ हजारको बजेट प्रस्तुत गरिन् । सो मध्ये चालु ३९ करोड १३ लाख ५१ हजार र पुँजिगत तर्फ २३ करोड ८६ लाख ५१ हजार रहेको छ ।

आवँखैरेनीले आगामी वर्षकोलागि पुर्वाधार विकास तथा स्वास्थ्य र शिक्षालाई मुख्य प्राथमिकतामा राखेको छ । गाउँका स्वास्थ्य चौकी तथा विद्यालयको कच्ची भवन विस्थापित गरि सुविधासम्पन्न पक्की भवन बनाउने, सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउने, शैक्षिक सुधार गर्ने विषयलाई गाउँपालिकाले मुख्य नीति तथा कार्यक्रममा राखेको छ ।

एक गाउँ एक कृषि उत्पादन, विद्यार्थीलाई पढ्दै, रमाउँदै र कमाउँदै कार्यक्रम लागु गर्ने, जनप्रतनिधि, सामुदायिक विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन तथा अभिभावक समितिका पदाधिकारी र सदस्यहरुले अनिवार्य रुपमा आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउने विषयलाई पनि नीति तथा कार्यक्रममा प्राथमिकता दिईएको छ ।

आफ्नै उत्पादनलाई उपभोगमा प्रथामिकता दिने, स्थानीय हाटबजारलाई निरन्तरता दिई कृषकलाई प्रोत्साहत दिने, सबै घर परिवारमा खानेपानीको सुविधा पु¥याउन खानेपानी योजनालाई प्राथामिकता पनि दिईएको छ । संघ र प्रदेश सरकारसँग सहकार्य गरि पुर्वाधार विकास, स्वास्थ्य, शिक्षा, सिंचाई, खानेपानी तथा कृषि सम्बन्धी कार्यक्रम लागु गर्ने गाउँपालिकाको नीति रहेको अध्यक्ष शुक्र चुमानले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना