घिरिङको बजेट ४३ करोड ७८ लाख

Devghat Online

शेयर गरौ

दमौली, असार १०

तनहुँको घिरिङ गाउँपालिकाले आगामी आर्थिक वर्षकोलागि ४३ करोड ७८ लाख, ८९ हजार ९ सयको अनुमानित बजेट प्रस्तुत गरेको छ । आईतबार भएको १४ औं गाउँसभामा उपाध्यक्ष राधादेवी अधिकारीले उक्त बजेट प्रस्तुत गरेकी थिईन् । कुल विनियोजित रकम मध्ये चालु तर्फ ८ करोड १५ लाख रहेको छ ।

घिरिङ गाउँपालिकाले कार्यालय सन्चालन तथा प्रशासनीक क्षेत्र तर्फ सबैभन्दा बढि २४ करोड २६ लाख, पुर्वाधार विकास तर्फ १४ करोड ७० लाख ६६ हजार ९ सय, सामाजिक विकास तर्फ २ करोड ६३ लाख ७३ हजार, आर्थिक विकास तर्फ ९१ लख ५० हजार तथा सुशासन तथा संस्थागत विकास तर्फ ८९ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

घिरिङ गाउँपालिकाले बजेटको प्रथामिकताहरुमा एकिकृत कृषि विकासका कार्यक्रमको माध्यमबाट तरकारी खेती, पुशपन्छी पालन, दुग्ध उत्पादन र फलफुलखेतीलाई पुर्ण व्यवसायिकरण गरि उत्पादनमा आधारित अनुदान तथा लागत साझेदारी कार्यक्रम सन्चालन गर्ने, उज्यालो घिरिङ अभियानलाई सार्थक तुल्याउन ग्रामिण विद्युतीकरणका कार्यहरु सम्पन्न गर्ने, गरिबी निवारण, रोजगारमुलक र स्थानीय कच्चा पदार्थको परिचालनहुने घरेलु उद्योगका कार्यक्रमहरुको प्रबद्र्धन गरि रोजगारी बढाउने रहेको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए ।

यसैगरि जलश्रोत, स्वच्छ खानेपानीको पहुँच, सडक स्तरोन्नती र सिंचाई सुविधाको प्रयोग गर्ने, विद्यालयको भौतिक पुर्वाधार, खानेपानी, शौचालय, पुस्तकालय, प्रविधि मैत्री वातावरण सुधार गर्न आईसिटी ल्याव स्थापना, विद्यालयमा खेल मैदान निर्माण, राष्ट्रपती शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिने, महिलाहरुको आर्थिक शसक्तिकरण, अपाङ्गता, एकल महिला, जेष्ठ नागरिक, दलित, जनजाती, खस आर्य तथा अल्पसंख्यक वर्गको उत्थानकोलागि उपाध्यक्षसँग आमा दिदिबहिनी कार्यक्रमलाई निरन्तरता दिने तथा विनियोजित बजेटबाट आधारभुत भौतिक पुर्वाधारहरु साना खानेपानी, सिंचाई, सडक स्तरोन्नतीमा प्राथमिकता दिने नीति तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर