घिरिङको बजेट ४३ करोड ७८ लाख

Devghat Online

शेयर गरौ

दमौली, असार १०

तनहुँको घिरिङ गाउँपालिकाले आगामी आर्थिक वर्षकोलागि ४३ करोड ७८ लाख, ८९ हजार ९ सयको अनुमानित बजेट प्रस्तुत गरेको छ । आईतबार भएको १४ औं गाउँसभामा उपाध्यक्ष राधादेवी अधिकारीले उक्त बजेट प्रस्तुत गरेकी थिईन् । कुल विनियोजित रकम मध्ये चालु तर्फ ८ करोड १५ लाख रहेको छ ।

घिरिङ गाउँपालिकाले कार्यालय सन्चालन तथा प्रशासनीक क्षेत्र तर्फ सबैभन्दा बढि २४ करोड २६ लाख, पुर्वाधार विकास तर्फ १४ करोड ७० लाख ६६ हजार ९ सय, सामाजिक विकास तर्फ २ करोड ६३ लाख ७३ हजार, आर्थिक विकास तर्फ ९१ लख ५० हजार तथा सुशासन तथा संस्थागत विकास तर्फ ८९ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

घिरिङ गाउँपालिकाले बजेटको प्रथामिकताहरुमा एकिकृत कृषि विकासका कार्यक्रमको माध्यमबाट तरकारी खेती, पुशपन्छी पालन, दुग्ध उत्पादन र फलफुलखेतीलाई पुर्ण व्यवसायिकरण गरि उत्पादनमा आधारित अनुदान तथा लागत साझेदारी कार्यक्रम सन्चालन गर्ने, उज्यालो घिरिङ अभियानलाई सार्थक तुल्याउन ग्रामिण विद्युतीकरणका कार्यहरु सम्पन्न गर्ने, गरिबी निवारण, रोजगारमुलक र स्थानीय कच्चा पदार्थको परिचालनहुने घरेलु उद्योगका कार्यक्रमहरुको प्रबद्र्धन गरि रोजगारी बढाउने रहेको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए ।

यसैगरि जलश्रोत, स्वच्छ खानेपानीको पहुँच, सडक स्तरोन्नती र सिंचाई सुविधाको प्रयोग गर्ने, विद्यालयको भौतिक पुर्वाधार, खानेपानी, शौचालय, पुस्तकालय, प्रविधि मैत्री वातावरण सुधार गर्न आईसिटी ल्याव स्थापना, विद्यालयमा खेल मैदान निर्माण, राष्ट्रपती शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिने, महिलाहरुको आर्थिक शसक्तिकरण, अपाङ्गता, एकल महिला, जेष्ठ नागरिक, दलित, जनजाती, खस आर्य तथा अल्पसंख्यक वर्गको उत्थानकोलागि उपाध्यक्षसँग आमा दिदिबहिनी कार्यक्रमलाई निरन्तरता दिने तथा विनियोजित बजेटबाट आधारभुत भौतिक पुर्वाधारहरु साना खानेपानी, सिंचाई, सडक स्तरोन्नतीमा प्राथमिकता दिने नीति तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानललाई कारवाहीकोलागि साइबर ब्युरोमा पत्राचार

काठमाडौँ, माघ २५ प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१

देवघाट महा–महोत्सवमा सांसद न्यौपानेः देवघाटप्रति सारा नेपालीले गर्व गर्छन्

देवघाट, माघ २५ नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले देवघाटप्रति सारा नेपालीले

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता