‘घुम्न जाउँ बन्दिपुर’ कार्यक्रम सन्चालन गरिने

Devghat Online

शेयर गरौ

दमौली, असार ११

तनहुँको बन्दिपुर गाउँपालिकाले आन्तरिक पर्यटकलाई बन्दिपुरमा आकर्षित गर्न ‘घुम्न जाउँ बन्दिपुर’ सम्बन्धी प्रबद्र्धनात्मक कार्यक्रम सन्चालन गर्ने भएको छ । काठमाडौं, पोखरा, बिराटनगर जस्ता ठुलो शहरमा उक्त कार्यक्रम सन्चालन गरिने बन्दिपुरको योजना छ ।

आईतबार गाउँसभामा आगाी आर्थिक वर्षको नीति तथा कार्यक्रम सन्चालन गर्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पर्यटनलाई आम्दानीको मुख्य श्रोत ठान्दै धेरै भन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने बताए । विशेष संरक्षित क्षेत्र तथा पौराणिक शहरको रुपमा रहेको बन्दिपुर बजारलाई थप आकर्षक बनाउन विशेष पौराणिकता झल्नके कार्यक्रम सन्चालन गरिने अध्यक्ष थापाले बताए ।

गन्डकी प्रदेशको दोश्रो पर्यटकीय गन्तव्य एवं पाहाडकी रानीको नामले परिचित बन्दिपुरका ६ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासकालागि बन्दिपुर गाउँपालिका पर्यटकीय केन्द्र बनाईने भएको छ । साथै बन्दिपुरमा रहेका होमस्टेहरुको संरक्षण र सम्बद्र्धनकोलागि होमस्टे सर्किटको विकास गरिने भएको छ । बन्दिपुरमा प्याराग्लाडिङ, जिप लाईन, जिप फ्लाईङ जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिने पनि अध्यक्ष थापाले बताए ।

सभ्य समाजको गाउँ–बन्दिपुर घुम्न जाऔं भन्ने नारालाई सार्थक बनाउन पर्यटक लक्षित कार्यक्रम सन्चालन गरिने भएको छ । बन्दिपुर गाउँपालिका भित्र रहेका विभिन्न पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिन विभिन्न भाषामा क्यु आर कोर्डको व्यवस्था गरिने भएको छ । साथै २०८० माघ महिनामा सिद्ध गुफामा सांस्कृतिक महोत्सव सन्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी