स्वास्थ्य क्षेत्रमा बन्दिपुरको प्रतिबद्धताः बन्दीपुर अस्पतालको सेवा बिस्तारगरि डुम्रेबजारबाट पनि ओपिडि र फार्मेसी सेवा दिईने

Devghat Online

शेयर गरौ

दमौली, असार ११

तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुर अस्पतालमा सञ्चालित सबै सेवाहरुको सुविधा र थप स्तरोन्नती सेवा प्रवाहलाई गुणस्तर र दायरा फराकिलो बनाउँदै व्यापारिक सहर डुम्रे बजारमा ओपीडि र फार्मेसी सेवा विस्तार गर्ने भएको छ । साथै भिडियो एक्सरे सेवालाई प्रभावकारी बनाई रेडियोग्रफरबाट सेवा विस्तार गरिने भएको छ । यस्तै अतिस अशक्त, विपन्न नागरिक र सुत्केरी,गर्भवती एंव प्रसुती सेवाका लागी निस्शुल्क एम्वुलेन्स सेवा प्रदान गर्ने भएको छ ।

बन्दीपुर अस्पतालको सुढृढीकरण गरिने १५ शैयाबाट ५० शैया बनाउन पहल गरिने, गाउँपालिकाका सवै जनताहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै स्वास्थ्य विमा कार्यक्रमलाई विस्तार गरिने सरकारी अस्पताल तथा सामुदायिक स्वास्थ्य संस्थाहरुको विश्वसनीयता अभिवृद्धि गर्दै स्वास्थ्य सामाग्री र औषधीको उपलव्धतालाई सुनिश्चितता गराईने, स्वास्थ्य विमा बन्दीपुरको जिम्मा अन्र्तरगत अपाङ्ग, दलित र विपन्न नागरिकहरुको लागी प्रिमियम अनुदानको प्रवन्ध गरिने, गाउँपालिका भित्र रहेका प्रत्येक स्वास्थ्य केन्द्रमा महिनाको १ दिन विशेषज्ञ चित्किसक सहितको स्वास्थ्य सेवा प्रदान गर्ने गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

यसैगरी मृगौला सम्बन्धी रोग निवारणका लागी जनचेतना जगाउँदै बन्दीपुरअस्पतालमा मृगौला डायलाइशिस केन्द्र स्थापना गर्ने, अस्पतालमा दन्त सेवा र आँखा रोग उपचार सेवा लाई थप प्रभावकारी गरिने । आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धमा समुदायस्तरमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने । स्वास्थ गाउँशहर बन्दीपुरको बहार, जनतको घर दैलोमा स्वास्थ्य उपचारू भन्ने सोचका साथ दीर्घ रोगी तथा जेष्ठ नागरिक, गर्भवती र सुत्केरीहरुलाई घरदैलोमा स्वास्थ्य परिक्षण र औषधी पुर्याउने व्यवस्था गर्ने समेत भएको छ ।

पाठेघरको मुखको क्यासरको परिक्षण ६ वटै वडाहरु शिविरको रुपमा सञ्चालन गर्ने, महिलाहरुमा देखिएको आङ खस्ने रोगको उपचारको केन्द्रको रुपमा बन्दीपुरअस्पताललाई विकास गरिने, महिलाहरुमा हुने पाठेघर क्यान्सर र स्तन क्यान्सरको चेकजाँचका लागी विशेष कार्यक्रम र सेवा सञ्चालन गरिने भएको छ ।

साथै रोग विरुद्ध चेतना व्यक्ति व्यक्तिमा रोगको उपचार बस्ती बस्तीमाू भन्ने नारालाई व्यवहारमा स्थापित गरिने निःशुल्क आधारभूत स्वास्थ्य सेवामा आम बन्दीपुरबासीको सुलभ र सरल पहुँचको व्यवस्थामा थप सुधार गर्न अत्यावश्यकीय औषधी तथा उपकरणको अभाव हुन नदिने व्यवस्था मिलाइने, नागरिकहरुको रोग प्रतिरोधी क्षमता अभिवृद्धिका लागी परम्परागत तथा आयूर्वेदिक चिकित्सा पद्धतिको प्रवर्द्धन गरिन, अति विपन्न, सिमान्तकृत र विकासको पहुँच नपुगेका क्षेत्रहरुमा शौचालय सुविधा नपुगेका क्षेत्रहरुमा शौचालय विस्तार कार्यक्रम अभियानको रुपमा सञ्चालन गरिने भएको छ ।

बन्दीपुरका सवै जनताहरुको स्वास्थ्य सेवाको पँहुचलाई फराकिलो बनाउँदै जनसंख्या र भुगोलको आधारमा स्वास्थ्य इकाई विस्तार कार्यक्रमलाई अवलम्वन गरिनेछ, व्यक्तिगत स्वास्थ्यलाई मध्यनजर राख्दै आफ्नो स्वास्थ्यको बारेमा जानकारी प्राप्त गर्न वर्षको १ दिन मेरो स्वास्थ्य अभियान सञ्चालन गर्दै प्रत्येक ६।६ महिनामा होल बडी चेक अप गर्न पर्छ भन्ने चेतनामुलक कार्यक्रमलाई टोल टोलमा पुर्याइने छ ।

बन्दीपुरअस्पतालमा रोकिएको विभिन्न रोगहरुको शल्यक्रिया (ओटी)सेवा क्रमश सञ्चालनमा ल्याइने भएको छ । कोभिड(१९ एंवम अन्य सम्भावित महामारी नियन्त्रणका लागी गुणस्तरीय स्वास्थ्य सेवा औषधी एवंम उपकरण चिकित्सक एंवम स्वास्थ्यकर्मीहरुलाई पूर्ण तयारीका साथ व्यवस्थापन गरिने बताइएको छ ।

बन्दीपुर अस्पतालमा पोष्टमार्टम र थाइराइट उपचारको आवश्यक समन्वय गरिनछ साथै योग शिविर सञ्चालन गर्दै जडिबुटीको प्रयोग र पूर्वजनका कार्यहरुलाई अगाडी बढाइने । आयूर्वेद औषधालयलाई चिकित्सक सहितको सुविधा सम्पन्न आयूर्वेद उपचार केन्द्रको रुपमा विकास गरिने, स्थानीय स्वास्थ्य सेवा नियमावली यथाशिघ्र निर्माण गरिने, नसर्ने रोगहरुकोन रोकथाम तथा नियन्त्रणका लागी व्यक्ति, परिवार, समाज तथा सम्बन्धीत निकायलाई जिम्मेवार बनाउँदै एकिकृत स्वास्थ्य प्रणालीको विकास तथा विस्तार गरिने तथा पोषणको अवस्थालाई सुधार गर्न मिसावटयुक्त तथा हानिकारक खानालाई निरुत्साहित गर्दै गुणस्तरीय एंवम स्वास्थ्य वर्धक खाद्यपदार्थको प्रवर्धन र तयारी खाद्यपदार्थको अनुगमन प्रक्रियालाई निरन्तरता दिइएको आगामी बर्षको निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दिपुरमा सयपत्री फूलको व्यवसायी खेती, बजार व्यवस्थापनको मुख्य समस्या

दमौली, कार्तिक १३ बन्दिपुर गाउँपालिका–५ का थुम्काका कृषक तामप्रसाद भट्टले सयपत्री फूलको व्यवसायीक खेती गरेका

म्याग्दे गाँउपालिकाको एकिकृत घुम्ति शिविर सम्पन्न, ८ हजार सेवाग्राही लाभान्वितः अध्यक्ष श्रेष्ठ

दमौली, कार्तिक १२ म्याग्दे गाँउपालिकाले गत असोज ६ गते देखि सन्चालन गरेको एकिकृत घुम्ति शिविर

देवघाटमा भोली देवपुर सांस्कृतिक महोत्सव हुने, महोत्सवबारे जानकारी दिन पत्रकार सम्मेलन

देवघाट, कार्तिक १३ देवघाट गाउँपालिका–५ देवपुरमा आगामी कार्तिक १४ गते बुधबार आठौं देवपुर सांस्कृतिक महोत्सव