तनहुँको घिरिङमा अंगुर खेतीः यस वर्ष १० हजार किलो अंगूर उत्पादन, ४० करोड लगानी

Devghat Online

शेयर गरौ

संजय श्रेष्ठ
ऋषिङ, असार १२

तनहूँको घीरिङ गाउँपालिका–४ बाह्रबिसेमा करिब ७० रोपनी क्षेत्रफलमा अंगुर खेती गरिएको छ । वाइन उत्पादन तथा टेबुल फलकालागि गरिएको सो खेतीबाट पहिलो वर्ष १० हजार किलो अंगुर उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

घिरिङ्ग भाइन यार्ड एण्ड रिसर्च सेन्टर नामले घिरिंङ्ग गाउँपालिकामा दर्ता भएको सो फर्ममा स्वीजरल्याण्डबाट बिरुवा आयात गरेर पहिलो वर्ष करिब ९ हजार ५०० बरुवा रोपिएको छन् । काठमाडौंका कुमार कार्कीले सन्चालन गरेका यस फर्ममा करिब ३२ प्रजातिका विभिन्न अंगुरहरु सुरुको वर्ष परिक्षणका लागि लगाईएको छ ।

कार्कीका अनुसार हालसम्म उक्त फर्ममा करिब ४० करोड लगानी भै सकेको छ । पातले बन् भाइन्यार्ड वाइनरी नामक वाईन् बजारमा ल्याइएको समेत कार्कीले बताए । कम्पनीको बार्षिक ३ लाख लिटर वाइन उत्पादन क्षमता रहेको छ ।

प्रति ७५० एम.एलको वाइन तर्फ विभिन्न तीन भेराइटीलाई प्रति बोतल १२०० रुपैयाँमा बजारमा ल्याएको कार्कीले बताए । धादिङको थाक्रे गाउँपालिकाको जुङ्गेखोलामा विगत १५ वर्ष देखि करिब १५० रोपनीमा खेती गर्दै आएको र वाइनका लागि अंगूर प्रशोधन लगाएत उत्पादन उद्योग समेत सोही स्थानमा रहेको कार्कीले बताए । २ वर्ष अगाडि सुरु गरिएको खेतीमा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रीस, तथा खाने अंगुरमा फन्नि, सोफिया, आरकडीया, पोलिस्की, दुचबा, चालिचमान, लगाएतका भेराइटीहरु रोपिएको र उत्पादन सुरु भएको बताए ।

बिरुवा रोपेको १ वर्षमा फल दिन सुरु गर्ने जसमा पहिलो वर्षमा प्रति बोट ३–४ केजी उत्पादन चैत बैशाख मा फूल फुले सँगै ३ महिनामा फल टिप्न तयार हुने फार्मका प्राविधिक सान्नानी तामाङ्गले जानकारी दिईन् । फाल्गुन देखि फूल खेल्ने र असारको पहिलो साता सम्म फल टिपिने कार्कीले जानकारी दिए । स्वीजरल्याण्डबाट खरिद गरिएको प्रति बिरुवा नेपाली ७ सय देखि १ हजार सम्म पर्ने गरेको उनीले बताईन् । फर्मले दैनिक ज्यालादारीमा मासिक १२–१५ जनालाई प्रतक्ष्य रूपमा रोजगारी समेत दिएको छ । मासिक घास कटाई, बिरुवा गोडमेल, मल तथा अन्य व्यवस्थापकीय काममा खटिएका स्थानीयहरुलाई राम्रो आम्दानीको स्रोत समेत बनेको उनीहरू बताउँछन्

नेपालमा अंगूर खेती असफल हुन्छ भन्ने धारणा र वातावरण प्रतिकूल भएको निष्कर्ष निकाल्दै अंगूर खेतीतर्फ सरकारले ध्यान नदिएको कार्की बताउँछन् । आफू पर्यटन क्षेत्रमा काम गरेको भएतापनि कृषि क्षेत्रमा नयाँ अनुसन्धानात्मक हिसाबले अंगूर खेती तर्फ आकर्षित भएको बताए । घिरिङ्गमा हाल प्रारम्भिक चरणमा ८–१० भेराइटीको उत्पादन राम्रो भएको उनले भने ।

धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म नामक कार्यक्रम शीर्षकमा १२ ओटा फर्म मध्यमा पर्न् सफल भएको र सो बापत ५५ लाख बराबरको अनुदान रकम समेत पाएका उनको यस वर्ष घिरिङ्ग रिसर्च सेन्टरबाट १० हजार किलो भन्दा धेरै उत्पादन लिने अनुमान गरिएको कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म