चुनाव नजिते पनि विकास गरिरहनेछुः भट्टराई

Devghat Online

शेयर गरौ

दमौली, असार १२

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पदमा नरहे पनि आफू तनहुँको विकासे अभियानमा निरन्तर लागिपर्ने प्रतिवद्धता जनाएका छन् । तनहुँको देवघाट गाउँपालिका–१ कोटामा नवनिर्मित महाकाली आधारभूत विद्यालयको भवन उद्घाटन गर्दै उनले चुनाव नजिते पनि विकासका कार्य निरन्तर गरिरहेको र गरिरहने प्रतिवद्धता जनाए । ’मैले पदका लागि राजनीति गरेको होइन,’ उनले भने, ’जनताको विकासका आवश्यकता पूरा गर्न जुन ठाउँमा भए पनि सकेको लागि पर्नेछु ।’

उनले चुनावमा विजेताहरुले जनताको विकासे आवश्यकता सम्बोधन गर्नुपर्ने भए पनि गाली गलौजमा मात्र सीमित भएको उनले आरोप लगाए । रास्वपा र विजेता सांसद स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै उनले भने, उहाँहरुको काम नै गाली गर्ने हो कि जस्तो देखियो । भट्टराईले भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानविन हुनुपर्ने भन्दै कांग्रेस, एमाले, माओवादी वा रास्वपाका नेता जोसुकै जोडिएका घटनामा पनि छानविन हुनुपर्ने पक्षमा आफू र पार्टीसमेत रहेको बताए । प्रश्न जोसुकैमाथि उठेका छन्, भर्खरै आएको रास्वपा होस् वा एमाले, माओवादी अनि कांग्रेस नै किन नहोस्, हामी सबै घटनामा निष्पक्ष अनुसन्धानको पक्षमा छौं ।

कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि सुरेश भट्टराईले तनहुँको विकास निर्माणका लागि भट्टराई निरन्तर सक्रिय रहेको भन्दै हालै मात्र पनि जिल्लाका विभिन्न विकासे योजनाका लागि भट्टराईको पहलमा बजेट परेको बताए ।

कांग्रेस जिल्ला सदस्य खम्बसिं रानाले चुनाव एउटाले जिते पनि हार्नेसँग योजना माग्नुपरेको भन्दै निर्वाचित जनप्रतिनिधि आफ्नो घरदैलोमा नआएको गुनासो गरे । ३२ लाख लागतमा जिल्ला आयोजना कार्यान्वयन एकाई तनहुँद्वारा निर्मित भवनका लागि केन्द्रीय सदस्य भट्टराईले खेलेको भूमिकाका लागि स्मरण गरिएको विद्यालयका अध्यक्ष अमृतलाल भुजेल तथा प्रधानाध्यापक कृष्ण खनालले बताए । उनीहरुले विपन्न वर्गका विद्यार्थी अध्ययन गर्ने विद्यालयको थप भौतिक विकासका लागि समेत भट्टराईको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले