दमौली, साउन २३
जिल्ला प्रशासन कार्यालय तनहुँले पानी नरोकिएसम्म उच्च सतर्कता अपनाउन जिल्लाबासीलाई आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले मंगलबार सुचना प्रकाशन गरि मंगलबार बिहान ५ बजेदेखी आएको मुसलधारे वर्षाले तनहुँ जिल्ला भएर बग्ने साना तथा ठुला नदीहरुमा पानीको बहाव ह्वात्तै बढेको जनाएका छन् ।
पानी पर्ने क्रम दिउँसो सम्म नरोकिएको हुँदा डुबान हुन सक्ने र पहिरोको जोखिम हुनसक्ने स्थानहरु तथा नदि किनारमा बसोबास गर्नेहरुले पानी पुर्ण रुपमा नरोकिएसम्म सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
पृथ्वीराजमार्गको आवुँखैरेनी–कोत्रे सडक स्तरोन्नतीकोलागि भएको कटिङको कारण समेत ठाउँ ठाउँमा साना ठुला पहिरो जानुको साथै कतिपय स्थानमा भासिएर सडक अबरुद्ध हुने र खुलाउने क्रम जारी रहेको छ । यसैलाई दृष्टिगत गरि वर्षापुर्ण रुपमा नरोकिएसम्म अत्यावश्यक काम परेको अवस्थामा बाहेक अन्य अवस्थामा पृथ्वीराजमार्ग भएर यात्रा नगर्नुहुन तथा ठुला तथा हेवी सवारी साधन सन्चालन नगर्न जिल्ला प्रशासनले सबैमा अनुरोध गरेको छ ।