पानी नरोकिएसम्म सतकर्ता अपनाउन तनहुँ प्रशासनको आग्रह

Devghat Online

शेयर गरौ

दमौली, साउन २३

जिल्ला प्रशासन कार्यालय तनहुँले पानी नरोकिएसम्म उच्च सतर्कता अपनाउन जिल्लाबासीलाई आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले मंगलबार सुचना प्रकाशन गरि मंगलबार बिहान ५ बजेदेखी आएको मुसलधारे वर्षाले तनहुँ जिल्ला भएर बग्ने साना तथा ठुला नदीहरुमा पानीको बहाव ह्वात्तै बढेको जनाएका छन् ।

पानी पर्ने क्रम दिउँसो सम्म नरोकिएको हुँदा डुबान हुन सक्ने र पहिरोको जोखिम हुनसक्ने स्थानहरु तथा नदि किनारमा बसोबास गर्नेहरुले पानी पुर्ण रुपमा नरोकिएसम्म सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

पृथ्वीराजमार्गको आवुँखैरेनी–कोत्रे सडक स्तरोन्नतीकोलागि भएको कटिङको कारण समेत ठाउँ ठाउँमा साना ठुला पहिरो जानुको साथै कतिपय स्थानमा भासिएर सडक अबरुद्ध हुने र खुलाउने क्रम जारी रहेको छ । यसैलाई दृष्टिगत गरि वर्षापुर्ण रुपमा नरोकिएसम्म अत्यावश्यक काम परेको अवस्थामा बाहेक अन्य अवस्थामा पृथ्वीराजमार्ग भएर यात्रा नगर्नुहुन तथा ठुला तथा हेवी सवारी साधन सन्चालन नगर्न जिल्ला प्रशासनले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता