आदिवासी जनजाती दिवसमा तनहुँका सबै स्थानीय तहले दिए बिदा

Devghat Online

शेयर गरौ

दमौली, साउन २३

२९ औं विश्व आदिवासी जनजाती दिवसको अवसरमा बुधबार तनहुँका सबै स्थानीय तहले बिदा दिएका छन् । तनहुँ आदिवासी जनजातीहरुको बाहुल्यता भएको जिल्ला हो, त्यसैकारण पनि सबै स्थानीय तहले बिदा दिएका हुन् ।

संयुक्त राष्ट्रसंघले अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवस मनाउने निर्णय गरेसँगै यो दिवस मनाउन थालिएको हो । यो दिवस सन १९९४ मा विश्वभरका आदिवासी जनजाती समुदायको हक अधिकार तथा उनीहरुको आधारभुत मानवअधिकारको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले मनाउने घोषणा गरेपछि विश्वभर मनाउन थालिएको हो ।

यस पटकको दिवसको मुल नारा ‘पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाती आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रबद्र्धन गर्दै पुख्र्यौली भुमी, भाषा र संस्कृतिको संरक्षण गरौं’ रहेको छ । यो दिवस आदिवासी जनजातीहरुले विभिन्न सांस्कृतिक झाँकी लगायतका कार्यक्रम गरेर मनाउने भएका छन् । नेपाल बहुजातीय, बहुभाषीय र बहुधार्मिक मुलुक हो । सबै जातजातीको आ–आफ्नो रिती संस्कृती, चाडपर्व तथा दिवसहरु उल्लासपुर्वक मनाउने गरिन्छ ।

तनहुँमा पनि नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदको आयोजना सबै स्थानीय तहमा विभिन्न कार्यक्रम गरि यो दिवस मनाइने महासंघका जिल्ला अध्यक्ष सुजित हिराचनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर