देवघाट अनलाइन संवाददाता
११ अगष्ट
माल्टा / यहि अगष्ट १३ तारिकआइतबार माल्टामा गीत गजल सुमधुर साँझका साथै तिज विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
इसियन्सियल इलेमेन्टस् का सञ्चालक भिम कमल के सि को सभापतित्वमा हुन लागेको यस कार्यक्रम एम सिदा फुटबल ग्राउन्डमा बेलुका ५ बजेबाट हुनेछ । कार्यक्रममा लोकप्रिय गायक थानेश्वर गौतम र चर्चित लोक गायिका सुनिता दुलालको प्रस्तुती रहनुका साथै स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने भएकाले यस कार्यक्रमबाट माल्टाबासी नेपालीहरुलाई भरपुर मनोरञ्जन पुग्ने आयोजकले जनाएका छन् ।
आयोजकका अनुसार यस विशेष कार्यक्रमका लागि लोकप्रिय गायक थानेश्वर गौतम माल्टा आइसक्नु भएको र चर्चित लोक गायिका सुनिता दुलाल अगस्ट १२ तारिखमा मात्रै माल्टामा प्रस्थान हुनेछ ।
कार्यक्रमको लागि टिकट बिक्री खुला भइसकेको हुँदा मात्र १० मा टिकट लिन सकिने कार्यक्रम संयोजक सन्तोष पाठकले बताए । उनले कार्यक्रम सभ्य र भव्य बनाउँनका लागि कार्यक्रममा उपस्थित हुन माल्टाबासी नेपालीहरुलाई समेत आग्रह गरेका छन् । नेपाली लगाएत माल्टिज कम्पनीहरुको समेत सहयोग रहेको यस कार्यक्रममा
माल्टामा रहेको नेपालीहरु बिच आपसी सद्भाव कायम गर्न र नेपाली साहित्य, कला र साँस्कृतिकलाई जगेर्ना गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम प्रचारप्रसार संयोजक एलिस सन्जेलले बताए ।