२७ साउन, दमौली
शनिबार दिनभरको वर्षाका कारण खसेको पहिरोले तनहुँको आँबुखैरेनीमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
साँझ ६ः२५ बजे आँबुखैरेनी गाउँपालिका ४ ऐनापहरामा सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार राजमार्ग दुईतर्फी रुपमा नै अवरुद्ध भएको छ र खुलाउन प्रयास भइरहेको छ ।