शेखर कोईरालाले भनेः सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनु पर्छ

Devghat Online

शेयर गरौ

काठमाडौं, साउन २८

नेपाली काँग्रेस सांसद डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिसकेको दाबी गरेका छन् । साथै उनले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताए ।

काँग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा डा. कोइरालाले १४०० टन सुन खपत हुने भारतमा ९०० टन मात्र आयात हुने गरेको तथ्याङ्क प्रस्तुत गरे । ‘४०० देखि ५०० टन सुन नेपालबाट जाँदैछ भन्ने बुझ्न जरुरी छ’ प्रचण्डको सचिवालयमा काम गरेका व्यक्ति राजश्व अनुसन्धान विभागमा गएपछि सुन समातिएको भन्दै उनले भने, ‘त्यसपछिका घटनाहरू हेर्नुस्, के भइरहेको छ ? ’

‘उहाँले के बोल्नुभयो ? सीआईबीलाई किन दिनुपर्‍यो, हामी नै सक्षम छौँ भनेको बिर्सिनुभयो ?’ उनले अघि भने ।काँग्रेस नेता कोइरालाले सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए । नेकपा एमालेले किन उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ भनेर कहिल्यै सोच्यौँ हामीले भन्दै नेतृत्वलाई प्रश्न गरेका उनले भने, ‘नेपाललाई तस्करको अखडाबाट बन्द गर्न यो जरुरी छ ।’

प्रतिशोधको भावनाले पार्टीका नेतालाई अपहरणको शैलीमा पक्राउ गरेको भन्दै असन्तुष्टि जनाए । मन्त्रीहरूको कामकारबाहीको कुरा नगर्ने बताएका नेता कोइरालाले ल्यारक्याल लामाहरूको नियुक्तिले पार्टीको छवि कमजोर भइरहेको छ भन्ने मन्त्रीहरूले बुझ्नुपर्ने बताए । आदिवासी जनजाति दिवसमा प्रधानमन्त्री प्रचण्डले ‘माओवादीलाई भोट दिनुस्, जातीय राज्य दिन्छौँ’ भनेको भन्दै उनले यसमा पार्टीले खेद प्रकट गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू