व्यासको न्यायीक समितिमा एक वर्षमा ५४ उजुरी, २० फर्छ्यौट

Devghat Online

शेयर गरौ

दमौली, साउन २८

तनहूँको व्यास नगरपालिकामा एक वर्षमा २० उजुरी फर्छ्यौट भएका छन् । गएको आर्थिक वर्ष २०७९–०७०मा परेका ५४ उजुरीमध्ये अधिकांश मेलमिलापबाट समाधान गरिएको उपप्रमुख एवंम् न्यायिक समिति संयोजक इन्दिरा दरैले जानकारी दिईन् ।

जसमध्ये १३ वटा मिलापत्रबाट फछ्र्यौट भएका छन् । ७ वटा उजुरी सर्वसम्मत ढङ्गबाट फर्छ्यौट भएका छन् । नगरपालिकाको न्यायिक समितिमा ३८ वटा उजुरी प्रक्रियामा रहेको संयोजक दरैले बताईन् । आ.व. ०७९–०८० मा अघिल्लो वर्षको १० वटा उजुरी सारिएको बताइएको छ । नगरपालिकामा सबैभन्दा धेरै जग्गा विवादका उजुरी रहेको नगरपालिका न्यायिक समितिको सचिवालयले जनाएको छ ।

जग्गाको साँध सिमाना मिचेको, भोग चलन गरेको जग्गाबाट हटाउन खोजेको, एकको नाममा रहेको जग्गा अर्कैले भोग चलन गरेको, पति पत्नीबीचको विवाद, घरेलु हिंसालगायतका विषयमा उजुरी दर्ता हुने गरेका छन् । नगरपालिकाले वडाबाटै मेलमिलाप गराउन हरेक वडामा मेलमिलाप केन्द्र पनि बनाएको छ । वडाले फर्छ्यौट गर्न नसकेको उजुरी नगरपालिकामा आउने गरेको उपप्रमुख दरैले बताईन् ।
उनले भनिन्, ‘वडातह बाटै हामीले मुद्धालाई मिलापत्र गर्न लगाउछौं, वडामा रहेको मेलमिलापले नसकेपछि न्यायिकमा दर्ता गराई उजुरीको छिनोफानो गराईन्छ ।’ उनले अघि भनिन्, ‘३ देखि ५ पटक सम्म एउटै उजुरीमा छलफल गराउदाँ उजुरीको छिनोफानोमा समय लाग्ने गरेको छ । हामीले मिलापत्रबाटै उजुरीको छिनोफानो गराउनेमा जोड दिने गरेका छौं ।’

चालु वर्ष ०८० –८१ म ३ वटा मुद्दा दर्ता भएका छन् । जसमा चालु वर्ष र अघिल्लो वर्षको १÷१ मुद्धाको फर्छ्यौट भएको छ भने दुई वटा उजुरी प्रक्रियामा रहेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४९ (२) अनुसार पेस भएको विवादको निवेदनको कारबाही र किनारा गर्दा सम्भव भएसम्म मेलमिलाप गर्न प्रोत्साहित हुने गरी दुवै पक्षको सहमतिमा मिलापत्र गराइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म