साउनको अन्तिम सोमबार देवघाटमा भक्तजनको भिड

Devghat Online

शेयर गरौ

देवघाट, साउन २९

साउनको अन्तिम सोमबार देवघाटमा भक्तजनको भिड लागेको छ । साउने सोमबार भगवान शिवको प्रिय महिना मानिन्छ । शिवको प्रिय महिना र बार भएकाले साउने सोमबार व्रत बसे शिव प्रसन्न हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यही विश्वासका आधारमा साउने सोमबारका दिन हिन्दु धर्मालम्बीले शिवको पूजा तथा व्रत बस्ने गरेका छन् । सोही कारण साउनको अन्तिम सोमबारको दिन त शिवालयमा शिवभक्तहरूको उल्लेख्य उपस्थिति हुने गरेको छ ।


पुण्य मिल्ने विश्वासमा आज बिहानैदेखि चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पूजा गर्ने र बोलबम मेला भर्नेहरुको भीड लागेको छ ।

देवघाटमा पानीको सतर्कता तह नाघिसकेको छ । जसका कारण नदीमा नुहाउनका लागि जोखिम नै देखिएको छ । पानीमा सम्भावित दुर्घटना रोक्नका लागि वोटेहरुको उद्धार टोलि तैनाथ गरिएको, सुरक्षाको प्रवन्ध मिलाईएको, प्राथमिक स्वास्थ्य टोलि र एम्वुलेन्स तयारी अवस्थामा राखिएको देवघाट क्षेत्र विकास समितिले जानकारी दिएको छ ।

तीन जिल्लाको संगम स्थल देवघाटधाममा साउनको सवै सोमवार भक्तजनहरु आउने गर्दछन् । पहिलो र अन्तिम सोमवार यो संख्या वढि हुने गर्दछ ।

मुख्य गरी हिन्दू संस्कारअनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिएकाले यो महिनाभर श्रद्धालुले चोखो गरी विभिन्न पूजा आराधना गरेर विशेष रूपमा मनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण