नवलपुरको शाश्वतधाममा भदौ २ गतेबाट हनुमन्त कथावाचन गरिने

Devghat Online

शेयर गरौ

चितवन, साउन ३०

भारतको प्रख्यात धार्मिक केन्द्र वागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्रकृष्ण शास्त्री वागेश्वरधाम सरकार ले नवलपुर स्थित शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने भएका छन् । ‘हनुमन्त कथावाचन’मा प्रवेशको लागि अनलाइन पास इन्ट्री पास भर्नु पर्ने भएको छ ।

कार्यक्रम प्रवेशको लागि अनलाइन पास भरेपछि मात्र भक्तजन र सर्वसाधारणले भाग लिन पाउने चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले जानकारी दिए । चौधरी ग्रुपद्वारा नवलपुरमा स्थापित शाश्वतधाममा नेपालसहित भारतीय हिन्दू धर्मावलम्बीको आकर्षणका रुपमा रहेको छ । आचार्य धीरेन्द्रकृष्ण शास्त्रीले भदौ २ गतेदेखि ४ गतेसम्म शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने चौधरी ग्रुपले जानकारी दिएको हो । वागेश्वरधाम सरकारका नामले चर्चित उनी आध्यात्मिक गुरूका रुपमा परिचित छन् ।

आचार्य धीरेन्द्रकृष्ण शास्त्रीले भदौ २ गतेदेखि ४ गतेसम्म शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने चौधरी ग्रु्पले जानकारी दिएको हो । वागेश्वरधाम सरकारका नामले चर्चित उनी आध्यात्मिक गुरूका रुपमा परिचित छन् । भदौ १ गते काठमाडौंमा पशुपतिनाथको दर्शन गर्नुका साथै पशुपतिनाथको सन्ध्या आरतीमा समेत सहभागी हुने कार्यक्रम छ । त्यसपछि उनी नवलपुरस्थित शाश्वतधाम प्रस्थान गर्नेछन ।

धर्मगुरु वागेश्वर धाम बाबाले तीन दिन हनुमन्त कथावाचन गर्ने कार्यक्रम तय गरिएको चौधरीले बताए । चौधरी ग्रुप एवम् सीजीकर्प ग्लोबलका प्रबन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा वागेश्वरधाम सरकार शाश्वतधाममा हनुमन्त कथावाचन गर्न आउन लागेको ग्रुपले जनाएको छ । धर्मगुरु वागेश्वर धाम बाबाले तिन दिन हनुमन्त कथावाचन गर्ने कार्यक्रम तय गरिएको चौधरीले बताए । कार्यक्रमबाट गण्डकी प्रदेशको पर्यटनमा वृद्धि हुने उनले बताए ।

छिमेकी देश भारतका एक विशेष व्यक्तिको रुपमा परिचित एवम् विश्वभर लाखौँ संख्यामा अनुयायीहरु भएका उनको कथावाचनमा करिब १५ हजार भन्दा बढी भत्तजनको उपस्थिति हुने कार्यक्रममा प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे रहने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र