महिलाको नाममा घरनक्शा पास गर्दा सम्पत्तीमा महिलाको स्वामित्व बढ्यो

Devghat Online

शेयर गरौ

दमौली, साउन ३०

व्यास नगरपालिकाले महिलाको नाममा घरनक्सा पास गर्दा राजश्व छुट गरेपछि सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गइरहेको छ । पछिल्लो समय नगरपालिकामा महिलाको स्वामित्वमा घरनक्सा पास गर्नेको संख्या बढेको नगरपालिकाको भवन नियमन तथा घर नक्सा पास शाखाका प्रमुख अमृत केसीले जानकारी दिए ।

अहिले नगरपालिकाको घरनक्सा शाखामा घरनक्सा पास गर्ने काममा आधाभन्दा बढी सेवाग्राही महिला हुने गर्छन् । नगरपालिकाले महिलाको स्वामित्व बढाउन उनीहरुको नाममा घरनक्सा पास गर्दा राजश्वमा ५ प्रतिशत छुट दिने गरेको छ । शाखा प्रमुख केसीले भने ‘सम्पत्तीमा महिलाको स्वामित्व बढाउन घर नक्सा पास गर्दा नगरपालिका बाट छुट दिईने गरिएको हो । यसले महिलाहरुलाई आर्थिक रुपमा सबल र पारिवारिक निर्णय प्रकृयामा प्रभावकारी बनाउने छ ।’

गएको तीन वर्षमा १ हजार दुई सय घर नक्सा पास गर्दा ९ सय घरनक्सा महिलाको स्वामित्वमा पास गरेको केसीले जानकारी दिए । महिलाको नाममा घरनक्सा पास बढ्न थालेपछि गएको वर्षमा घर नक्सा पास गर्दा १ करोड २ लाख राजश्व संकलन भएकोमा ५ लाख राजश्व छुट दिईएको केसीले जानकारी दिए ।

महिलाको सम्पत्तिमा स्वामित्व बढाउने, उनीहरुलाई आर्थिक रुपमा सबल र पारिवारिक निर्णय प्रकृयामा प्रभावकारी बनाउने लगायत लक्ष्य राखेर नगरपालिकाले राजश्व छुटको नीति अख्तियार गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले भने ‘नगरपालिकाले महिलाको स्वामित्वमा घरनक्सा पास गर्दा राजश्वमा छुट दिएपछि सोचे अनुरुप नतिजा प्राप्त भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु