देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि सहयोग रकम जुट्ने क्रम बढ्दै

Devghat Online

शेयर गरौ

देवघाट, साउन ३०

देवघाटमा निर्माणाधिन देवघाट सार्वजनिक पुस्तकालयको भवन निर्माणको सहयोग रकम जुट्ने क्रम बढ्दै गएको छ ।

पुस्तकालय निर्माणको लागि मंगलबार देवघाटधाम स्थित हरिहर संन्यास आश्रमले एक लाख रुपैयाँ उपलब्ध गराएको पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए । अनौपचारिक शैक्षिक क्षेत्रको उन्नयनका लागि आश्रमका तहबाट भएको यो योगदान प्रति अध्यक्ष पौडेलले आभार व्यक्त गरेका छन् ।

यसैगरि पुस्तकालय निर्माणको लागि विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले पनि सहयोग गरेका छन् । यसैक्रममा तनहुँको म्याग्दे गाउँपालिका घर भई हाल देवघाट बस्ने आमा माधवी खनाल र उनका छोरा अनुप खनालले ७ हजार रुपैयाँ उपलव्ध गराएका छन् ।

यस्तै आफ्ना दिवंगत छोरा चेतराज घिमिरेको स्मृतिमा गलेश्वर आश्रम देवघाटधाम रहने माता इच्छितानन्द (इन्दिरा घिमिरे) ले २१ हजार रूपैयाँ उपलव्ध गराएकी छिन् । यसअघि पनि उनले यसै पुस्तकालय निर्माणका लागि ५० हजार रुपैयाँ उपलव्ध गराएकी थिइन् ।

पुस्तकालयको अनुरोधलाई ग्रहण गर्दै देवघाटधाम निवासी बासुदेव शर्मा पौडेलले ११ हजार रुपैयाँ उपलव्ध गराएका छन् । त्यस्तै देवघाटका पूर्व शिक्षक राजेन्द्रबहादुर बोगटीले ११ हजार सात सय सात रुपैयाँ उपलव्ध गराएका छन् ।

यस्तै महेश संन्यास आश्रममा बस्ने ऋषभदेव ढकालले १० हजार एकसय रुपैयाँ उपलव्ध गराएका छन् । त्यस्तै हाल देवघाट–५ कल्पवास क्षेत्रमा बस्ने पण्डित रविन्द्रकुमार गौतमले ११ हजार एकसय ११ रुपैयाँ उपलव्ध गराएका छन् ।

त्यसैगरि बटौले खानेपानी उपभोक्ता समूहले दशहजार एकसय पचास रुपैयाँ उपलव्ध गराएको छ । यसैगरि पुस्तकालय भवन निर्माणका लागि पवन डेरी भरतपुर–१६ चितवनले १० हजार एक सय पचास रुपैयाँ प्रदान गरेको छ । उक्त सहयोगका लागि डेरीका सन्चालक पवन प्रसाद वास्तोलाप्रति अध्यक्ष पौडेलले आभार व्यक्त गरेका छन् ।

त्यसैगरि स्थानीय धार्मिक पुस्तक एवं स्टेशनरीका सन्चालक पण्डित ऋषिराम लामिछानेले ११ हजार एक सय पन्ध्र रूपैयाँ उपलव्ध गराएका छन् । त्यसैगरि देवघाट खानेपानी तथा सरसफाई उपभोक्ता समूहले ११ हजार १ सय ११ र हरिहर बचत तथा ऋण सहकारी संस्था लि.ले १० हजार ५ रुपैयाँ उपलब्ध गराएका छन् ।

त्यसैगरि देवघाट गाउँ पालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले पुस्तकालय भवन निर्माणका लागि १० हजार एक सय पचास रुपैयाँ उपलव्ध गराएको अध्यक्ष पौडेलले बताए । त्यस्तै पोखरा महानगरपालिका– ३ नदीपुर घरभई हाल देवघाट कल्पवास बस्ने सरस्वती घिमिरेले ११ हजार एक सय एघार रुपैयाँ उपलब्ध गराएकी छिन् ।

त्यस्तै निर्माणाधिन देवघाट सार्वजनिक पुस्तकालयको लागि देवघाटमा रहेका सामुदायिक वन उपभोक्ता समूहहरूले सहयोग गरेका छन् । देवघाट गाउँपालिका–५ मा रहेको पाँच वटा सामुदायिक वनहरुले सालको काठ उपलव्ध गराएका छन् ।

पुस्तकालका अध्यक्ष पौडेलका अनुसार साँढेबगर सामुदायिक बन उपभोक्ता समूहबाट २५ क्यूफिट काठ, चक्रवर्ती सामुदायिक बन उपभोक्ता समूहबाट ३ क्यूफिट काठ उपभोक्ता मुल्यमा र १ क्यूफिट काठ निशुल्क, सीता सामुदायिक बन उपभोक्ता समूहबाट २० क्यूफिट काठ उपभोक्ता मुल्यमा, मधुवन सामुदायिक बन उपभोक्ता समूहबाट ९ क्यूफिट काठ उपभोक्ता मुल्यमा र १० थान चौकोस निशुल्क तथा रानीबन सामुदायिक बन उपभोक्ता समूहबाट १० थान चौकोस निशुल्क प्राप्त भएको छ ।

अध्यक्ष पौडेलले पुस्तकालय भवन निर्माणकोलागि हालसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिई अन्य व्यक्ति तथा संघ सस्थालाई पनि भवन निर्माणमा सघाउन अपिल गरिएको बताए ।

उक्त भवनको विस्तृत परियोजना प्रतिवेदन अनुसार कूल लागत ३ करोड ६८ लाख रुपैयाँ रहेको अध्यक्ष पौडेलले जानकारी दिए । पौडेलका अनुसार १० हजार भन्दा बढी आर्थिक सहयोग गर्ने दाताहरुको नाम शिलालेखमा उल्लेख गरिने छ । हाल देवघाट सार्वजनिक पुस्तकालयको दैनिक कार्य नेपाल रेडक्रस सोसाइटी उपशाखा देवघाटबाट भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर

ब्रह्मलीन गुरुको पुण्यतिथिमा परमानन्द संस्कृत गुरुकुल देवघाटमा विभिन्न कार्यक्रम हुने

देवघाट, माघ ५ राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिको अवसरमा