जिल्ला सभाहल पहुँचयुक्त बनाउन माग गर्दै आन्दोलन गरिने

Devghat Online

शेयर गरौ

दमौली, साउन ३०

दमौलीमा निर्माण सम्पन्न भएको जिल्ला सभाहल अपाङ्गतामैत्री र सबैको पहुँचयुक्त बनाउन माग गर्दै राष्ट्रिय अपाङ्ग महासंघले आन्दोलन गर्ने भएको छ । महासंघले संघीय सरकारको शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई पोखरामा ज्ञापनपत्र बुझाउँदै दमौलीमा निर्माण गरिएको जिल्ला सभाहल पहुँचयुक्त बनाउन माग गरेको हो । आफ्ना मागहरु सुनुवाई नभए भदौ १ गतेदेखी अपाङ्गता भएका व्यक्तिहरुले आन्दोलन गर्ने अपाङ्गता अधिकारकर्मी मदन पौडेलले बताए ।

सह्रदयी मन्च तनहुँको समन्वयमा गत साउन ७ गते जिल्ला सभाहलको अवलोकन गरिएको थियो । सो अवलोकन पश्चात साउन १० गते जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई ध्यानाकर्षण पत्र बुझाइएको र सो पत्रको बोधार्थ सरोकारवाला विभिन्न निकायहरूमा पठाइएको मन्चले जनाएको छ ।

यसैगरि गत साउन २१ गते राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा, सचिव कृष्ण प्रसाद अधिकारी लगायतका पदाधिकारी र जिल्लामा क्रियाशील अपाङ्गता भएका ब्यक्तिहरु सहितको एक प्राविधिक टोलीले उक्त भवनको पहुँचयुक्तता परिक्षण गरेको थियो । उक्त परिक्षणको क्रममा भवन नेपाल सरकार पक्षधर रहेको अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्वन्धी महासन्धी २००६, विभिन्न ऐन, नियमावली, निर्देशिका र आचारसंहिता अनुरुप मानवमैत्री÷अपाङ्गता मैत्री नभएको पाइएकाले यसलाई सुधार गर्न महासंघले गत साउन २८ गते शहरी विकास भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ पोखरामा समक्ष विभिन्न १४ बुँदे सुझावहरु पेश गरेको थियो ।

सहृदयी मञ्च तनहुँले ध्यानाकर्षण पत्रमा उपलब्ध गराइएको समयसिमा भित्र यस सुझावहरुको अक्षरस पालनागरि उक्त भवन पुर्णरुपमा मानवमैत्री बनाउने प्रक्रिया सुरु नभएको खण्डमा भाद्र १ गते देखि अपाङ्गता भएका ब्यक्तिहरु चरणबद्ध आन्दोलनमा उत्रने र सो समयमा उत्पन्न हुने सम्पुर्ण परिस्थितिहरुको जिम्मेवार सरकार नै हुने जनाएको छ ।

उक्त भवन विपी जयन्तीको अवसरमा आगामी भदौ २४ गते राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गर्ने तयारी गरिएको छ । २०७४ माघ २८ गतेबाट निर्माण सुरु भएको उक्त भवन २०७७ असार १५ गते भित्र सम्पन्न गर्नु पर्ने सम्झौता थियो । तर कोभिड लगायतको विभिन्न कारण देखाउँदै भवन निर्माण कार्य लम्बिएको थियो । भवन अझैसम्म पनि जिल्ला समन्वय समितिलाई हस्तान्तरण गरिएको छैन ।
६ बर्ष लगाएर बनाईएको उक्त भवन कुनै पनि दृष्टिकोणमा अपाङ्गतामैत्री नभएको सरोकारवालाहरुले जनाएका छन् । ७ सय ५० जनाको क्षमता भएको उक्त सभागृह कुल २३ करोड ६२ लाख ४३ हजार ३३१ रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो ।

भवनको शिलान्यास पनि पुर्व सभामुखको हैसियतमा पौडेलले नै गरेका थिए । भवनको अगाडी नेपाली काँग्रेसका संस्थापक विपी कोईरालाको शालिक राखिने भएको छ । त्यसकोलागि गन्डकी प्रदेश सरकारले ११ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

माओवादीका मुख्य सचेतकको प्रस्ताव– देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याऔँ

काठमाडौं, असार २ प्रतिनिधिसभाको आइतवारको बैठकमा नेकपा ९माओवादी केन्द्र०का मुख्य सचेतक हितराज पाण्डेले चितवनको देवघाटमा