दमौली, साउन ३१
अबैध लागु औषध गाँजा सहित मंगलबार एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–११ गैराबारी बस्ने २६ बर्षिय राहुल नेपाली रहेका छन् ।



नेपालीले आफ्नो घरको कोठाभित्र लुकाई राखेको अवस्थामा १ किलो ४ सय ग्राम लागु औषध गाँजा फेला पारी बरामद गरेको थियो ।
पक्राउ परेका नेपालीलाई अनुसन्धानकोलागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि थुनामा राखेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाँडले बताए ।