खैरेनी माविकी छात्रा सामुदायिक तर्फ कक्षा १२ मा गण्डकीमै सर्वाेत्कृष्ट भएको दावी

Devghat Online

शेयर गरौ

दमौली, साउन ३१

शुक्लागन्डकी नपा–६ स्थित खैरेनी माविकी छात्रा अन्जना राई कक्षा १२ को नतिजामा छात्राहरु तर्फ गन्डकी प्रदेशमै सर्वाेत्कृष्ट भएको विद्यालयले दावी गरेको छ । विद्यालयका प्रअ बोधराज ढकालले सामुदायिक विद्यालयबाट छात्रातर्फ अन्जनाले गण्डकी प्रदेशमै उत्कृष्ट अंक ल्याउन सफल भएको दाबी गरे । ‘हालसम्म हाम्रै विद्यालयको सामुदायिकतर्फ छात्राको नतिजा अगाडी छ,’ उनले भने, ‘विद्यालय, शिक्षक, व्यवस्थापन समिति, अभिभावको मिहिनेतले हामीलाई हौसला प्रदान गरेको छ ।’

मंगलबार सार्वजानिक भएको कक्षा १२ को नतिजामा राईले ३.८७ जिपिए प्राप्त गरेकी थिईन् । छात्रा तर्फ उक्त नतिजा गन्डकी प्रदेशमै सबैभन्दा बढि भएको विद्यालयका प्रअ ढकालले बताए । त्यसैगरि सोही विद्यालयकी अर्की छात्रा समिक्षा न्यौपानेले ३.७५ जिपिए ल्याउन सफल भएकी छिन् । खैरेनी माविले बुधबार एक कार्यक्रमको आयोजना गरि छात्राद्वय राई र न्यौपानेलाई सम्मान गरेको छ । उनीहरु व्यवस्थापन समुहका विद्यार्थी हुन् ।

सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलमोहन घिमिरे, प्रधानाध्यापक बोधराज ढकाल, शिक्षक अभिभावक संघका अध्यक्ष शेषकान्त पौडेल लगायतले उनीहरुको आगामी शैक्षिक यात्राको सफलताको कामना गरे ।
वि.स. २०२६ सालमा स्थापना भएको सो विद्यालयमा कक्षा १२ सम्म १ हजार २ सय बढि विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।