दमौली, भदौ ६
दमौलीमा निर्माणाधिन जिल्ला सभाहललाई विपि कोईरालाको नाममा नामाकरण गर्न लागिएकोमा तनहुँमा क्रियाशिल नेपाली काँग्रेसका बाहेकका राजनीतिक दलहरुले विरोध गरेका छन् । बुधबार नेकपा एमालेको जिल्ला कार्यालयमा बसेको राजनीतिक दलहरुको बैठकले जिल्ला सभाहललालाई नेपाली काँग्रेसका संस्थापक तथा प्रथम जनिर्वाचित प्रधानमन्त्री विपी कोईरालाको नाममा नामाकरण गर्न लागिएकोमा विरोध जनाईएको छ ।
उक्त सभाहल २०३५ सालमा निर्मित जिल्ला सभागृह तनहूँको नयाँ स्वरुप हो भएको र नेपाल सरकार शहरी बिकाश मन्त्रालय अन्तरगत शहरी विकाश तथा भवन निर्माण डिभिजन विभाग संघीय आयोजना कार्यान्वयन ईकाई (गोरखा भवन डिभिजन कार्यालय) हाल पोखरा र तत्कालिन जिल्ला विकास समिति कार्यालयविच ठेक्का सम्झौता भएको सभाहल लगभग सन्चालनको अन्तिम चरणमा पुगेको छ ।
नेपाल सरकारले लगभग २३ करोड ५० लाख भन्दा बढि रकम खर्चेर निर्माण भएको यो भवनलाई कुनै एक नेताको नाममा नामाकरण गर्न खोज्नु आपत्तीजनक भएको दलहरुको बैठकले निश्कर्ष निकालेको छ । जिल्ला समन्वय समितिले उक्त भवनलाई विपी स्मृति भवनको नाममा नामाकरण गर्न लागेको कुरा सुन्नमा आएको हुँदा त्यसो नगर्न तनहुँमा क्रियाशिल राजनीतिक दलहरुले अनुरोध गर्ने निर्णण समेत गरेका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकिकृत समाजबादी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ती पार्टी लगायतका दलका नेताहरुले जिल्ला सभाहलको नाम पुरानै साविककै सभागृह हलको नाम राख्न अनुरोध गर्ने निर्णय गरेको छ ।
‘सामान्यतया सरकारले कुन नाममा बजेट विनियोजन गर्याे, सझौता के नाममा गरियो भबनको नाम त्यहि हुन्छ ।’ नेकपा एमाले जिल्ला कमिटिका उपाध्यक्ष हरिराज कडेंलले भने ‘पुरानो जिल्ला सभागृह भत्काएर त्यहि स्थानमा निर्माण भएको हलको निर्माणका लागि सरकारले जिल्ला सभागृह कै नाउँमा वजेट छुट्याएको र सोहि नाउँमा सम्झौता भएको कुरा घाम जस्तै छर्लङग नै छ, तसर्थ त्यसको नाम जिल्ला सभागृह तनहूँ नै हो र हुनुपर्छ । यसमा बिबाद छैन र विवाद गर्ने कथित प्रयास कोहि कसैले गर्नु हुदैन ।’
उक्त सभाहलको आगामी भदौ २४ गते विपि जयन्तीको अवसरमा राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन् ।
त्यस्तै व्यास नगरपालिकाले निर्माण गर्न लागेको बहुद्देश्यिय भवन अहिलेको अवस्थामा औचित्यहिन र निरर्थक भएको बैठकले निश्कर्ष निकालेको छ । ३० करोड भन्दा बढि ऋण लिएर भवन बनाउनको औचित्य नगरपालिकाले पुष्टि गर्न नसकेको भन्दै कडेंलले बहुउद्देश्यिय भवन बनाउने निर्णय कार्यान्वयन नगर्न पनि बैठकले अनुरोध गरेको बताए ।