काठमाडौं, भदौ ६
भारतको चन्द्रमिसन सफल भएको छ । भारतले पठाएको चन्द्रयान ३ सफलतापूर्वक चन्द्रामाको दक्षिणी ध्रुवमा ल्यान्ड गरेको छ । नेपाली समयअनुसार बुधबार साँझ ६ बजेर १८ मिनेटमा रोभरले चन्द्रमाको सतहमा ल्यान्ड गरेको हो ।
अमेरिका, रुस र चीनपछि भारत चन्द्रमामा पुग्ने चौथो मुलुक बनेको हो । भारतले यसअघि चन्द्रयान २ पठाएको थियो । तर, त्यतिबेला सो मिसन असफल भएको थियो ।