देवघाट सार्वजनिक पुस्तकालयलाई महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिज्युबाट सय बोरा सिमेन्ट प्रदान

Devghat Online

शेयर गरौ

देवघाट, भदौ ६

देवघाट गाउँपालिका–५ देवघाटधाममा निर्माणाधिन देवघाट सार्वजनिक पुस्तकालयलाई पुस्तकालयका संरक्षक तथा गलेश्वर आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिज्युबाट सय बोरा सिमेन्ट प्रदान गरिएको छ ।

आत्मानन्द गिरिज्युबाट बुधबार पुस्तकालयलाई उक्त सहयोग प्राप्त भएको पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले बताए ।

पुस्तकालयका संरक्षक, महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिज्यूले आश्रमका तहबाट निर्माणाधीन पुस्तकालयका लागि उपलब्ध गराउनु भएको सहयोगले आफुहरुलाई हौसला मिलेको अध्यक्ष पौडेलले बताए । ‘समुदायका तहबाट निर्माण भइरहेको यस योजनामा आश्रमका तर्फबाट भएको यस सहयोगका निम्ति पुस्तकालय व्यवस्थापन समिति श्रद्धेय स्वामीजी र आश्रम परिवारमा हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दछ ।’ अध्यक्ष पौडेलले भने ।

निर्माणाधिन पुस्तकालयाई देवघाटका विभिन्न व्यक्ति तथा संघ संस्थाले सहयोग गर्ने क्रम बढेको छ । अध्यक्ष पौडेलले पुस्तकालय भवन निर्माणकोलागि हालसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिई अन्य व्यक्ति तथा संघ सस्थालाई पनि भवन निर्माणमा सघाउन अपिल गरिएको बताए ।

उक्त भवनको विस्तृत परियोजना प्रतिवेदन अनुसार कूल लागत ३ करोड ६८ लाख रुपैयाँ रहेको अध्यक्ष पौडेलले जानकारी दिए । पौडेलका अनुसार १० हजार भन्दा बढी आर्थिक सहयोग गर्ने दाताहरुको नाम शिलालेखमा उल्लेख गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता