पौडेलद्वारा जन्मदिनको अवसरमा पुस्तकालयलाई सहयोग

Devghat Online

शेयर गरौ

देवघाट, भदौ ७

देवघाटमा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालयकोलागि पुस्तकालयका सचिव फणिन्द्रप्रसाद पौडेलले ११ हजार रुपैयाँ सहयोग गरेका छन् । आफ्नो जन्मदिनको अवसरमा पौडेलले पुस्तकालयलाई रकम सहयोग गरेका हुन् । पौडेल देवघाटमा सन्चालित महेश संस्कृत गुरुकुलका प्राचार्य समेत हुन् ।

आफ्नो जन्मदिनको अवसरमा पुस्तकालयका लागि सहयोग प्रदान गरेकोमा पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले सचिव पौडेल प्रति आभार व्यक्त गरेका छन् ।

निर्माणाधिन पुस्तकालयाई देवघाटका विभिन्न व्यक्ति तथा संघ संस्थाले सहयोग गर्ने क्रम बढेको छ । अध्यक्ष पौडेलले पुस्तकालय भवन निर्माणकोलागि हालसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिई अन्य व्यक्ति तथा संघ सस्थालाई पनि भवन निर्माणमा सघाउन अपिल गरिएको बताए ।

उक्त भवनको विस्तृत परियोजना प्रतिवेदन अनुसार कूल लागत ३ करोड ६८ लाख रुपैयाँ रहेको अध्यक्ष पौडेलले जानकारी दिए । पौडेलका अनुसार १० हजार भन्दा बढी आर्थिक सहयोग गर्ने दाताहरुको नाम शिलालेखमा उल्लेख गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त