पौडेलद्वारा जन्मदिनको अवसरमा पुस्तकालयलाई सहयोग

Devghat Online

शेयर गरौ

देवघाट, भदौ ७

देवघाटमा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालयकोलागि पुस्तकालयका सचिव फणिन्द्रप्रसाद पौडेलले ११ हजार रुपैयाँ सहयोग गरेका छन् । आफ्नो जन्मदिनको अवसरमा पौडेलले पुस्तकालयलाई रकम सहयोग गरेका हुन् । पौडेल देवघाटमा सन्चालित महेश संस्कृत गुरुकुलका प्राचार्य समेत हुन् ।

आफ्नो जन्मदिनको अवसरमा पुस्तकालयका लागि सहयोग प्रदान गरेकोमा पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले सचिव पौडेल प्रति आभार व्यक्त गरेका छन् ।

निर्माणाधिन पुस्तकालयाई देवघाटका विभिन्न व्यक्ति तथा संघ संस्थाले सहयोग गर्ने क्रम बढेको छ । अध्यक्ष पौडेलले पुस्तकालय भवन निर्माणकोलागि हालसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिई अन्य व्यक्ति तथा संघ सस्थालाई पनि भवन निर्माणमा सघाउन अपिल गरिएको बताए ।

उक्त भवनको विस्तृत परियोजना प्रतिवेदन अनुसार कूल लागत ३ करोड ६८ लाख रुपैयाँ रहेको अध्यक्ष पौडेलले जानकारी दिए । पौडेलका अनुसार १० हजार भन्दा बढी आर्थिक सहयोग गर्ने दाताहरुको नाम शिलालेखमा उल्लेख गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका