जिल्ला सभाहल र विपी कोईरालालाई किन विवादित बनाउँदैछ जिल्ला समन्वय समिति ?

Devghat Online

शेयर गरौ

दमौली, भदौ ७

जिल्ला समन्वय समिति तनहुँले प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपि कोईरालाको नामलाई जवरजस्ती विवादमा ल्याउने प्रयत्न गरिरहेको छ । दमौलीमा निर्माणाधिन जिल्ला सभा गृह हललाई विपि सदन सभा गृह हल नामाकरण गर्ने भनि जिल्ला समन्वय समितिको २०७८ चैत ८ गतेको बैठक र त्यसको भोलीपल्ट चैत ९ गतेको जिल्ला सभाले निर्णय गरेको थियो । त्यसबेला जिल्ला समन्वय समितिको प्रमुख पनि हालकै प्रमुख शान्तिरमण वाग्ले नै थिए ।

कसैले पनि माग नगरेको विषयमा वाग्ले नेतृत्वको समितिले एकतर्फी रुपमा जिल्ला सभागृह हललाई विपि सदन बनाउने निर्णय गरेका थिए । आखिर किन विपि कोईराला र जिल्ला सभागृह हलललाई जवरजस्ती विवादमा मुछ्ने काम गरियो भनेर प्रश्न उठाउन थालिएको छ ।

हाल निर्माणको अन्तिम चरणमा पुगेको जिल्ला सभाहल २०३५ सालमा निर्माण गरिएको जिल्ला सभागृहकै परिवर्तित रुप हो । त्यही जिल्ला सभागृहलाई भत्काएर त्यही नाउँमा र त्यही ठाउँमा नयाँ भवनको निर्माण गरिएको थियो । जिल्ला सभागृहको नाम विपि सदन सभागृह दमौली राख्ने निर्णयले तनहुँबासीको भावनामा ठोस पु¥याएको र यो निर्णयले प्रजातान्त्रिक आन्दोलनका नेता विपि कोईरालालाई विवादित बनाएको तनहुँमा क्रियाशिल १२ वटा राजनीतिक दलहरुले जनाएका छन् ।

निर्माणाधिन जिल्ला सभाहललाई विपि कोईरालाको नाममा नामाकरण गर्ने तनहुँ जिल्ला सभाको निर्णय सच्याउन तनहुँमा क्रियाशिल नेपाली काँग्रेसका बाहेकका राजनीतिक दलहरुले माग गरेका छन् । राजनीतिक दलहरुले बुधबार जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई ज्ञापनपत्र बुझाई जिल्ला सभाहलको नामाकरण सम्बन्धि जिल्ला सभाको निर्णय सच्याउन माग गरेका थिए ।

उक्त ज्ञापनपत्रमा नेकपा एमालेका उपाध्यक्ष हरिराज कडेंल, नेकपा माओवादी केन्द्रका जिल्ला समिति सदस्य रामचन्द्र सापाकोटा, नेकपा मशालका गन्डकी प्रदेशका प्रवक्ता पुष्पलाल श्रेष्ठ, नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टीका गन्डकी प्रदेशका सदस्य नेत्र रानाभाट, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय प्रतिनिधि राजु विक, नेकपा एकिकृत समाजबादीका जिल्ला कमिटि सदस्य मंगलप्रसाद श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सह संयोजक सुर्यमणी पौडेल, जनता समाजबादी पार्टीका संघीय परिषद सदस्य चुडाराम परियार, राष्ट्रिय जनमुक्ती पार्टीका जिल्ला अध्यक्ष भुवनसिंह थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सदस्य आईतबहादुर घले, राप्रपा नेपालका जिल्ला अध्यक्ष विजयराज शाही तथा बैज्ञानिक समाजबादी पार्टीका केन्द्रिय सदस्य प्रकाश शर्माले हस्ताक्षर गरेका छन् ।

उक्त सभाहल २०३५ सालमा निर्मित जिल्ला सभागृह तनहूँको नयाँ स्वरुप भएको र नेपाल सरकार शहरी बिकाश मन्त्रालय अन्तरगत शहरी विकाश तथा भवन निर्माण डिभिजन विभाग संघीय आयोजना कार्यान्वयन ईकाई (गोरखा भवन डिभिजन कार्यालय) हाल पोखरा र तत्कालिन जिल्ला विकास समिति कार्यालयविच ठेक्का सम्झौता भएको सभाहल लगभग सन्चालनको अन्तिम चरणमा पुगेको छ ।

२३ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भएको यो भवनलाई कुनै एक नेताको नाममा नामाकरण गर्न खोज्नु आपत्तीजनक भएको दलहरुको बैठकले निश्कर्ष निकालेको थियो । ‘सामान्यतया सरकारले कुन नाममा बजेट विनियोजन गर्याे, सझौता के नाममा गरियो भबनको नाम त्यहि हुन्छ ।’ नेकपा एमाले जिल्ला कमिटिका उपाध्यक्ष हरिराज कडेंलले भने ‘पुरानो जिल्ला सभागृह भत्काएर त्यहि स्थानमा निर्माण भएको हलको निर्माणका लागि सरकारले जिल्ला सभागृह कै नाउँमा वजेट छुट्याएको र सोहि नाउँमा सम्झौता भएको कुरा घाम जस्तै छर्लङग नै छ, तसर्थ त्यसको नाम जिल्ला सभागृह तनहूँ नै हो र हुनुपर्छ । यसमा बिबाद छैन र विवाद गर्ने कथित प्रयास कोहि कसैले गर्नु हुदैन ।’

उक्त सभाहलको विपि जयन्तीको अवसरमा आगामी भदौ २४ गते राष्ट्रपती रामचन्द्र पौडेलबाट उद्घाटन गराउने तयारी गरिएको छ । सोही अनुसार भवनको रङ रोगन र सरसफाईको काम भइरहेको छ । यदी उक्त नाम परितवर्तन नगरि विपि सदनको नाममा बलजफ्ती सभाहल उद्घाटन गराउने योजना बनाईयो भने त्यसले राष्ट्रपतीलाई समेत विवादमा ल्याउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर

ब्रह्मलीन गुरुको पुण्यतिथिमा परमानन्द संस्कृत गुरुकुल देवघाटमा विभिन्न कार्यक्रम हुने

देवघाट, माघ ५ राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिको अवसरमा