हेडमास्टरद्वारा बालिकालाई बलात्कार, घटना मिलाउन जनप्रतिनिधिको रोहबरमा बैठक

Devghat Online

शेयर गरौ

दमौली, भदौ ८

तनहुँको ऋषिङ गाउँपालिका–७ को ज्यामिरेमाई आधारभुत विद्यालयका प्रअ झुलबहादुर थापाले सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत १२ बर्षिया बालिकालाई गत साउन ३१ गते साँझ बलात्कार गरेको घटनाको मिलापत्र गराउन ऋषिङ गाउँपालिकाका जनप्रतिधिको रोहबरमा बैठक बसेको सार्वजानिक भएको छ ।

पीडित बालिकालाई प्रअ थापाले गत साउन ३१ गते साँझ ५ बजे बालिकाको घरमा कोही नभएको मौकामा एक सय रुपैयाँ दिएर बलात्कार गरेको पीडितको परिवारले जनाएको छ । आमा घाँस काट्न बारी तिर गएको समयमा प्रअ आले बालिकाको घरमा आई बालिकालाई घरभित्र लगेर सय रुपैयाँ दिई बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ ।

सो घटनाको बारेमा बालिकाले अभिभावकलाई जानकारी गराएपछि पीडित परिवारले घटनाको भोलीपल्ट गाउँमा आमा समुह मार्फत पीडितलाई कारवाहीकोलागि छलफल गर्दा जनप्रतिनिधि सहितको उपस्थितीमा आरोपित पक्षले घटना मिलाउन पीडित परिवारलाई २० हजार रुपैयाँ दिएर मिलापत्र गर्ने प्रस्ताव गरेका थिए । सो बैठकमा गाउँपालिकाको कार्यपालिका सदस्य निलकुमारी थापा समेत उपस्थित थिइन् । तर कार्यपालिका सदस्य थापाले आफु उक्त छलफलमा सहभागी भएको स्विकार्दै रकमको बारेमा भने जानकारी नभएको बताइन् ।

सो छलफलमा पीडित परिवारले मिलापत्र गर्न सहमत नभएपछि भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा आई आरोपितलाई कारवाहीको माग गर्दै जाहेरी दिए । पीडित बालिकाको सोही दिन दमौली अस्पतालमा स्वास्थ्य परिक्षण भयो । मिलापत्र गर्न पीडित परिवारले नमानेपछि आरोपित शिक्षक सोही दिनदेखी फरार छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अवदेश विष्टले उक्त घटनाको उजुरी दर्ता भएको र आरोपितको खोजी भईरहेको बताए । आरोपित जानसक्ने सम्भावित ठाउँहरुको पहिचान गरि खोजी कार्यलाई तिब्रता दिएको एसपी विष्टले बताएका छन् । एसपी विष्टले उक्त घटना गाउँमै मिलापत्र गर्न खोज्ने कार्यको बारेमा पनि अनुसन्धान गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र