रोबोटिक्स, कोडिङ र आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धि कक्षा सन्चालन गर्दै न्यु क्यासल स्कुल

Devghat Online

शेयर गरौ

नवराज कौडाल

काठमाडौं, भदौ ८

बसुन्धारामा रहेको काठमाडौं न्यु क्यासल स्कूलमा अध्ययनरत बालबालिकालाई कोडिङ, रोबोटिक्स र ए.आई.को अवधारणा सिकाउन थालिएको छ । पठन पाठनलाई असर नगर्नेगरी विद्यार्थीलाई सार्वजनिक विदा र शनिबारको दिन सो कक्षा सन्चालन गर्ने गरिएको विद्यालयका स्कुलका निर्देशक किरणकुमार श्रेष्ठले बताए ।

बालबालिकाले कोडिङ, रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्सको तालिम प्राप्त गरेपछि भविष्यमा विश्व बजारमा प्रतिस्पर्धा गरेर आफुलाई अब्बल साबित गर्न सक्छन् । विज्ञान र प्रविधीको पहुँचमा पुगेका नेपाली विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन र विश्वस्तरिय शिक्षा नेपालमै दिने उद्धेश्यले बसुन्धारामा रहेको काठमाडौं न्यु क्यासल स्कुलले रोबोटिक्स, कोडिङ र आर्टिफिसियल इन्टेलिजेन्स, अवाकस सम्बन्धि कक्षा सन्चालनमा ल्याएको छ ।

अबको युग भनेको विज्ञान र प्रविधीको युग यो । विज्ञान र प्रविधिको विकाससंगै हामी नचल्ने हो भने हामी निकै पछि पर्न सक्छौं । अहिले अधिकांश कामहरु प्रविधिको माध्यमबाट हुने भएकाले भविष्य झन विज्ञान र प्रविधीमैत्री हुने निस्चित प्राय छ । भविष्यमा विज्ञान र प्रविधीले फडको मार्ने भएकोले त्यसलाई पक्ष्याउन विज्ञान र प्रविधी संग सम्बन्धित सीप सक्नु अत्यावश्यक रहेको छ ।

आउने वर्षहरुमा ७५ प्रतिशत कामका लागि कम्प्यूटर सीप आवश्यक पर्ने अनुमान गरिएको छ र सो जनशक्ती तयार गर्न सानै उमेरमा सीप सिकाउन थाल्नुपर्ने शिक्षा विज्ञहरुले भन्ने गरेका छन् । भविष्यको तयारी गर्न बालबालिकाहरुलाई सीप बिकास गराई उनीहरुमा निखारता ल्याउन अत्यावश्यक छ ।

अन्य अतिरिक्त क्रियाकलाप भन्दा उपयोगी यस्ता सिकाईले नेपाली विद्यार्थीलाई संसारको जुनसुकै देशका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन रोबोटिक्स, कोडिङ र आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धि कक्षा सन्चालनमा ल्याएको विद्यालयका उपाध्यक्ष सन्तोष पौड्याले बताए ।

स्कुलका निर्देशक श्रेष्ठका अनुसार भविष्यमा आफ्ना बालबालिकाहरुलाई संसारमा जुनसकै क्षेत्रमा पनि सक्षम र सवल भएर उभिएको देख्न चाहनुहने अभिभावकले अहिले देखिनै रोबोटिक्स, कोडिङ र आर्टिफिसियल इन्टेलिजेन्समा लागानी गर्दा बालबलिकाको भविस्य सुमधुर हुने भएकाले काठमाडौं न्यु क्यासल एकेडेमीले रोबोटिक्स, कोडिङ र आर्टिफिसियल इन्टिलिजेन्स सम्बन्धि कक्षा सन्चालन गरिएको हो ।

न्यु क्यासल स्कूलका विद्यार्थीलाई दक्ष शिक्षक शिक्षिकाद्वारा कोडिङ, आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्स सम्बन्धि क्रियाकलाप सन्चालन गरेर अध्यन अध्यापन गराइने गरेको श्रेष्ठ बताउँछन् । यस्ता खालका अतिरिक्त कक्षाले विद्यार्थीलाई भविष्यको लागि अहिलेदेखी नै तयार गर्ने र विद्यार्थीले भविस्यमा यसको लाभ लिन सक्ने विद्यालयको दाबी छ ।

सुविधा सम्पन्न उपकरणसंगै विदाको दिनमा अत्याधुनिक तरिकाबाट यस्ता तालिम दिइने न्यु क्यासल स्कुलका कार्यक्रम संयोजक बिष्णु न्यौपानेले बताए । हरेक विद्यार्थीले भविष्यमा संसारको जुनसुकै कुनामा प्रतिस्पर्धा गरेर आफ्नो जीवन सुन्दर बनाउन सक्ने स्कुलका अध्यक्ष सुनिता रावलले बताउनु भयो । सुरु गर्दा चुनौतीपूर्ण लागेपनि यसले नेपालमा पनि विश्व स्तरिय तालिमको शुरुवात भएको र भविष्यमा यसबाट विश्व बजारमा चाहिने सबल र सक्षम जनशक्ति उत्पादन हुनेमा विद्यालय विश्वस्त रहेको स्कुलका संस्थापक संयोजक समन्ता श्रेष्ठले बताइन् ।

हरेक विद्यार्थीले भविष्यमा संसारको जुनसुकै कुनामा प्रतिस्पर्धा गरेर आफ्नो जीवन सुन्दर बनाउन सक्ने कार्यकारी व्यवस्थापक माधवराज शिवाकोटीले बताए । सुरु गर्दा चुनौतीपूर्ण लागेपनि यसले नेपालमा पनि विश्व स्तरिय तालिमको शुरुवात भएको र भविष्यमा यसबाट विश्व बजारमा चाहिने सबल र सक्षम जनशक्ति उत्पादन हुनेमा विद्यालय विश्वस्त छ ।
२०६० सालमा स्थापना भएको काठमाडौंमा न्यु क्यासल एकेडेमीबाट २०७९ ब्याचले एसईईको परीक्षा दिएर उत्कृष्ट जिपिए सहितको नतिजा निकालेर शैक्षिक क्षेत्रमा आफुलाई अब्बल सावित गरिसकेको छ ।

बसुन्धराको बाल अस्पतालसंगैको न्यु क्यासल स्कूल काठमाडौंको उत्कृष्ट शैक्षिक गन्तव्य मध्यको एक हो । काठमाडौं न्यु क्यासल स्कूल बसुन्धारा क्षेत्रमा रोबोटिक्स, कोडिङ र आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी कक्षा सन्चालन गर्ने पहिलो विद्यालय हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर