नेपाली काँग्रेससँग जोरी खोज्नेहरुको हालत नराम्रो हुनेः केन्द्रीय सदस्य भट्टराई

Devghat Online

शेयर गरौ

भरतपुर, भदौ ९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोबिन्द भट्टराईले नेपाली काँग्रेससँग जोरी खोज्नेहरुको हालत नराम्रो हुने बताएका छन् । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र न २ ‘ख’ चितवनले शनिबार भरतपुरमा गरेको प्रदेश सभा सम्मेलनमा बोल्दै नेता भट्टराईले नेपाली कांग्रेस पहरो हो, पहरोसँग कसैले कुहिनो ठोक्न गयो भने ऊ आफै  घाइते भएर अस्पताल भर्ना हुनु पर्छ भट्टराईले भने, ‘हाम्रो पार्टीसँग पनि जोरी खोज्नेहरुको हालत नराम्रो हुन्छ ।’

भट्टराईले कांग्रेस कसैको इशारामा नचल्ने बताएका छन् । नेपाली कांग्रेस गहिरो इतिहास बोकेको पुरानो पार्टी भएकोले हाम्रो पार्टी कसैको इशारा र ललिपपमा नचल्ने बताएका हुन् । कार्यक्रममा भट्टराईले कांग्रेसको अगाडि अब कुनै पनि दलको तागतले काम नगर्ने प्रष्ट पारे ।

सम्मेलनमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले नेपाली कांग्रेसको राजनीति अब नयाँ शिराबाट अगाडि बढ्ने बताए । कांग्रेस अब नयाँ शिराबाट राजनीतिसँगै सामाजिक काम गर्न चाहन्छ खनालले भने,‘अबको हाम्रो राजनीति समाज केन्द्रित हुनेछ ।’

त्यस्तै भरतपुर महानगर सभापति चित्रसेन अधिकारीले कांग्रेस अब आफ्ना कमीकमजोरीहरुलाई सुधारेर जान आवश्यक रहेको टिप्पणी गरे । हाम्रा बीचमा थुप्रै कमीकमजोरीहरु छन, बेलैमा ती कमीकमजोरीहरुलाई सच्याएर अगाडि बढ्न सकिएन भने त्यसले कालान्तरमा ठूलो दुर्घटना निम्त्याउन सक्ने तर्क राखे । सम्मेलनमा सचिवको प्रतिवेदन कृष्ण बिलास अधिकारी र कोषाध्यक्षको प्रतिबेदन राजकुमार रावतले प्रस्तुत गरेका थिए ।

सम्मेलनमा नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, भरतपुर २ का वडा सभापति मनोज रानाभाट, ७ का सभापति बिनोदबाबु ढकाल, १२ का सभापति चित्रबहादुर भण्डारीलगायतले मन्तव्य राखेका थिए ।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र न २ ‘ख’ का सभापति रोशन शाही ठकुरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब रविभद्र शर्मा खनालले गरेका थिए । कांग्रेसले वडा, पालिका हुँदै क्षेत्रको सम्मेलनहरु गरिरहेको छ भने भदौ २३ र २४ गते जिल्ला सम्मेलन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता