गौ हत्याको आरोपमा ३ जना प्रहरी नियन्त्रणमा

Devghat Online

शेयर गरौ

दमौली, भदौ ९

सुनसरीको धरानमा गो हत्याको विरोधमा हिन्दुधर्मावलम्बीको आन्दोलन चर्किँदै गएको अवस्थामा तनहुँको शुक्लागण्डकी नपा–६ कमलबोटमा शनिबार गाई काटेको आरोपमा ३ जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिपक नेपाली, रमेश नेपाली र श्रीबहादुुर नेपाली रहेका छन् ।

गाई काटेर भागबन्डा गर्दै गरेको सुचनाको आधारमा गएको प्रहरीले तिन जनालाई घटनास्थलबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अवदेश विष्टले हेर्दा गाई जस्तो जनावर देखिएको काटेर भागबण्डा गर्दै गर्दा सो काममा संग्लनलाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।

घटना बारे थप नुसन्धान भइरहेको एसपी विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक