करेन्ट लागी तिन जना घाइते

Devghat Online

शेयर गरौ

दमौली, भदौ ९

शनिबार तनहुँको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर तिन जना घाइने भएका छन् । म्याग्दे गाउँपालिका वडा नम्बर ६ मनपाङ काल्टेमा बिजुलिको तार अचानक चुडिन गई पानिमा करेन्ट प्रबाह भई बाटो हिड्ने क्रममा दुई महिला घाइने भए ।

घाइने हुनेमा म्याग्दे गाउँपालिका–६ मनपाङ काल्टे की ५० बर्षिया सिता गैरे र सोही ठाउँकी २५ बर्षिया सुमिना गुरुङ रहेका छन् । उनीहरुको जिएमसी अस्पताल पोखरामा उपचार भईरहेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरि शुक्लागण्डकी नगरपालिका–६ खैरेनिटारमा शनिबार करेन्ट लाग्दा एक बृद्ध घाइते भएका छन् । वडा नम्बर ६ को ग्याल्शिङ स्थित बाटोमा झरेको बिजुलीको तार पन्छाउने क्रममा सोही ठाउँका ७३ वर्षिय जयराम पाण्डे करेन्ट लागेर घाइते भएका हुन् ।

उनको उपचारको तत्कालै जि.पि.कोईराला श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा लगिएकोमा थप उपचारकोलागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता