दमौली, भदौ ९
शनिबार तनहुँको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर तिन जना घाइने भएका छन् । म्याग्दे गाउँपालिका वडा नम्बर ६ मनपाङ काल्टेमा बिजुलिको तार अचानक चुडिन गई पानिमा करेन्ट प्रबाह भई बाटो हिड्ने क्रममा दुई महिला घाइने भए ।
घाइने हुनेमा म्याग्दे गाउँपालिका–६ मनपाङ काल्टे की ५० बर्षिया सिता गैरे र सोही ठाउँकी २५ बर्षिया सुमिना गुरुङ रहेका छन् । उनीहरुको जिएमसी अस्पताल पोखरामा उपचार भईरहेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरि शुक्लागण्डकी नगरपालिका–६ खैरेनिटारमा शनिबार करेन्ट लाग्दा एक बृद्ध घाइते भएका छन् । वडा नम्बर ६ को ग्याल्शिङ स्थित बाटोमा झरेको बिजुलीको तार पन्छाउने क्रममा सोही ठाउँका ७३ वर्षिय जयराम पाण्डे करेन्ट लागेर घाइते भएका हुन् ।
उनको उपचारको तत्कालै जि.पि.कोईराला श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा लगिएकोमा थप उपचारकोलागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।