तनहुँमा क्रिकेट मैदानको अनुगमनः निर्माण सम्पन्न गर्न सहयोगको आश्वासन

Devghat Online

शेयर गरौ

दमौली, भदौ १०

नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य, गण्डकी प्रदेशका एवं तनहूँ जिल्ला क्रिकेट संघ जिल्लाका पदाधिकारीहरुले तनहुँमा क्रिकेट मैदानको अनुगमन गरेका छन् ।

व्यास नगरपालिका वडा नम्बर ५ पाटनको क्रिकेट मैदानको अनुगमन गरिएको हो । गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य एवम् क्रिकेट संघका केन्द्रीय सदस्य ऋषि गौतम, गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकी प्रदेशका अध्यक्ष संजय कान्त सिग्देल र तनहूँ जिल्ला क्रिकेट संघका अध्यक्ष मदन तिमल्सेना सहितको टोलीले मैदानको अनुगमन गरेको हो ।
अनुगमन गर्ने क्रममा तनहूँ जिल्ला क्रिकेट संघका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, सचिव अमित पन्थ, कोषाध्यक्ष मनोज सुर्वणकार, सदस्य अतिस खड्काको पनि उपस्थिति रहेको थियो ।

नेपालमा क्रिकेट खेलको भविष्य राम्रो भएको र तनहूँ जिल्लामा पनि क्रिकेटको खेलमैदान बनिरहेकोले यस मैदानलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर अनुगमन गरिएको सो अवसरमा सहभागीहरुले बताएका छन् । साथै उक्त मैदान निर्माण सम्पन्न गर्नको लागि केन्द्रीय क्रिकेट संघ र गण्डकी प्रदेश लागि पर्ने आश्वसन पाएको तनहूँ जिल्ला क्रिकेट संघका अध्यक्ष तिमल्सेनाले जानकारी दिएका छन् ।

पछिल्लो समयले क्रिकेटले नेपाललाई विश्वमा चिनाउन धेरै मद्धत गरेकोले तनहूँमा पनि क्रिकेटको राम्रो वातावरण बनाउने र निर्माणाधिन क्रिकेट मैदानहरु पूरा गर्ने लक्ष्यतिर अगाडि बढ्न आफ्नो समितिले भरमग्दुर काम गर्ने निर्वाचित भए लगत्तै अध्यक्ष तिमल्सेनाले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण