बाढि प्रभावित सदस्यलाई महिला सहकारीको सहयोग

Devghat Online

शेयर गरौ

देबघाट, भदौ ११

देवघाट गाउपालीका- ४, गाईघाटमा गत भदौ १ गते राती अविरल वर्षाका कारण खोलामा आएको बाढीले शेयर सदस्यहरुको खेतबारीको अन्नमा क्षती पुगेकोमा देवघाट गाउँपालिका-५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था लि. ले राहत उपलब्ध गराएको छ ।

बाढीले सहकारीका शेयर सदस्यहरु सुकमाया भुजेल, गौरीमाया भुजेल र सविना भुजेलको ५ रोपनीको बारीमा लगाएको धान मकै बालीमा क्षती भएको थियो । उक्त क्षतिपछि सहकारीले विपद व्यवस्थापन कोषबाट उनीहरुलाई जनही २ हजार रुपैयाँ राहतस्वरूप उपलब्ध गराएको सहकारीकी व्यवस्थापक संगिता ओझाले जानकारी दिईन् । सहकारीको ऋण उपसमीती सदस्य दिलमाया सापकोटा, सल्लाहकार समीती सदस्य मिठिदेवी पौडेल सहितको टोलीले उक्त राहत उपलब्ध गराएका थिए ।

उक्त बाढीबाट सहकारीको शेयर सदस्य तथा गाईघाट महीला समूहकी सदस्य धन माया भुजेलको घर पूर्ण रुपमा क्षती भएकोमा सहकारीले यसअघि नै ५ हजार रुपैयाँ राहतस्वरूप उपलब्ध गराईसकेको व्यवस्थापक ओझाले बताईन् ।

सहकारीको उक्त विपद व्यवस्थापन कोषमा आफ्नो जन्म दिन तथा विवाह उत्सव जस्ता अवसरमा सहयोग गरि कोषमा सहयोग गर्ने सम्पूर्ण शेयर सदस्यलाई सहकारीको तर्फबाट आभार व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता