सर्वेन्द्र खनालले भने– ‘कपोल्कल्पित, भ्रमपूर्ण, बेइमानीपूर्ण समाचार लेख्नेको विरुद्ध कानुनी कारवाहीमा जान्छु’

Devghat Online

शेयर गरौ

काठमाडौं, भदौ ११

नेपाल प्रहरीका पुर्व महानिरिक्षक सर्वेन्द्र खनालले आफने विरुद्ध कपोल्कल्पित, भ्रमपूर्ण, झुठा र बेइमानी पूर्ण समाचार लेख्ने अनलाईनको विरुद्ध कानुनी कारवाहीमा जाने बताएका छन् ।

पारिवारिक कामको शिलशिलामा हाल अमेरिका रहेका खनालले सोमबार साँझ विज्ञप्ति प्रकाशित गरि काठमाडौँ टुँडे नाम गरेको एउटा अनलाइनले हाल आफु व्यक्तिगत र पारिवारिक कामको सिलसिलामा केही दिनका लागि अमेरिका भ्रमणमा रहेका बेला आफ्नो चरित्र हत्या गर्दै ‘६० केजी सुन तस्करी प्रकरणः पक्राउ पर्नै लाग्दा भागेर अमेरिका पुगे एमाले नेता खनाल’ शीर्षकमा प्रकाशित समाचार प्रति गम्भीर ध्यान आकर्षण भएको जनाएका छन् ।

‘उक्त समाचार कपोलकल्पित, भ्रमपूर्ण, झुट्टा र बेइमानी पूर्ण भएकोले त्यसको खण्डन गर्दै उक्त अनलाइनका विरुद्ध कानुनी कारबाहीका लागि अगाडि बढेको सबै शुभचिन्तक, पार्टी पङ्तीमा जानकारी गराउन चाहन्छु ।’ खनालले भनेका छन् ‘भोली सम्ममा यही (अमेरिका) बाटै प्रेस काउन्सिलमा पनि उजुरी दिने र आवश्यकता अनुसार उक्त अनलाइनलाई कानुनी दायरामा ल्याउन नेपाल फर्कना साथ अघि बढ्ने पनि जानकारी गराउन चाहन्छु ।’

आफ्नो जीवनकालमा प्रहरी सेवामा प्रवेश गरेदेखी महानिरीक्षक बनेर काम गर्दा सम्म कहिल्यै पनि नियम कानुन संविधानको बर्खिलाप हुने गरी कुनै काम नगरेको र गर्न पनि नदिएको खनालले बताएका छन् । त्यसै कारण गैर कानुनी काम गर्ने, ठगी धन्दा चलाउनेहरू आफ्ना विरुद्ध लागि नै रहेको उनले बताए ।

‘मैले कुनै गैर कानुनी काम गरेको पनि छैन र यदि कहीँ कतै बाट त्यस्तो प्रमाणित हुन्छ भने म देशको प्रचलित नियम कानुन संविधान अनुसार कारबाही भोग्न तयार रहेको बताउँदै काठमाडौँ टुडे जस्ता कथित अनलाइनलाई जथाभाबी नलेख्न, चरित्र हत्या नगर्न चेतावनी दिँदै उक्त समाचारको खण्डन प्रकाशित गर्न अनुरोध गर्दछु ।’

खनालले भनेका छन् ‘यदि तुरुन्त खण्डन प्रकाशित नभए प्रेस काउन्सिल सहित सम्बन्धित निकायमा कानुनी कारबाहीका लागि जाने कुरा यसै सार्वजनिक पोस्ट र प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँछु ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय