बलात्कारको आरोपमा विद्यालयका प्रअ पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, भदौ ११

१२ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले ऋषिङ गाउँपालिका–७ का झुलबहादुर थापालाई पक्राउ गरेको छ ।

स्थानीय ज्यामिरेमाई प्राविका प्रअ समेत रहेका थापाले गत साउन ३१ गते बालिकालाई बालिकाकै घरमा गई बलात्कार गरेको भन्दै पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

घटनापछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको भोर्लेटारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अबदेश विष्टले जानकारी दिए ।

उक्त बलात्कारको घटना सार्वजानिक भएपछि मिलापत्रकोलागि गाउँपालिकाकाका जनप्रतिनिधिको रोहबरमा बैठक समेत बसेको थियो । उक्त बैठकमा आरोपिले घटनाको मिलापत्रकोलागि पीडित परिवारलाई २ लाख रुपैयाँ दिने प्रस्ताव समेत गरेको थियो ।

तर पीडित परिवारले मिलापत्रमा सहमत नभई थापा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक