बलात्कारको आरोपमा विद्यालयका प्रअ पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, भदौ ११

१२ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले ऋषिङ गाउँपालिका–७ का झुलबहादुर थापालाई पक्राउ गरेको छ ।

स्थानीय ज्यामिरेमाई प्राविका प्रअ समेत रहेका थापाले गत साउन ३१ गते बालिकालाई बालिकाकै घरमा गई बलात्कार गरेको भन्दै पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

घटनापछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको भोर्लेटारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अबदेश विष्टले जानकारी दिए ।

उक्त बलात्कारको घटना सार्वजानिक भएपछि मिलापत्रकोलागि गाउँपालिकाकाका जनप्रतिनिधिको रोहबरमा बैठक समेत बसेको थियो । उक्त बैठकमा आरोपिले घटनाको मिलापत्रकोलागि पीडित परिवारलाई २ लाख रुपैयाँ दिने प्रस्ताव समेत गरेको थियो ।

तर पीडित परिवारले मिलापत्रमा सहमत नभई थापा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता