मदन भण्डारीलाई महासचिव चुनेको घरमा एमाले सचिवालय बैठक बस्दै

Devghat Online

शेयर गरौ

काठमाडौं, भदौ १३

नेकपा एमालेको सचिवालय बैठक सिराहामा आज बस्ने भएको छ । सिराहाको धनगढीमाई नगरपालिकाको वडा नम्बर १४ मा रहेको ऐतिहासिक घरमा बैठक बस्दै छ ।

यो घरमा २०४६ मंसिर १४ भएको मालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई तत्कालीन नेकपा मालेको महासचिव निर्वाचित गरेको थियो । सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

पार्टीको मधेश इन्चार्ज रहेका भट्टराई अहिले मधेशमै छन् । उनले त्यहाँ बैठकको तयारी गरिरहेका छन् । एमालेले सो स्थानमा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा स्मारक शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ ।

सचिव भट्टराईले आज साढे ११ बजे बैठक सुरु हुने शिलापत्रलाई जानकारी दिए । उनले अहिले बैठकस्थलमा नेताहरूको आउनेक्रम जारी रहेको बताए । सचिव भट्टराईले बैठकको मुख्य एजेन्डा वर्तमान राजनीतिक, संसदमा भइरहेका गतिविध, पार्टीको आन्तरिक अभियानलगायतका विषय रहेको बताए । उनले यो स्थानको ऐतिहासिकताको महत्व दर्शाउन पनि यो स्थानमा बैठक गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि