मदन भण्डारीलाई महासचिव चुनेको घरमा एमाले सचिवालय बैठक बस्दै

Devghat Online

शेयर गरौ

काठमाडौं, भदौ १३

नेकपा एमालेको सचिवालय बैठक सिराहामा आज बस्ने भएको छ । सिराहाको धनगढीमाई नगरपालिकाको वडा नम्बर १४ मा रहेको ऐतिहासिक घरमा बैठक बस्दै छ ।

यो घरमा २०४६ मंसिर १४ भएको मालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई तत्कालीन नेकपा मालेको महासचिव निर्वाचित गरेको थियो । सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

पार्टीको मधेश इन्चार्ज रहेका भट्टराई अहिले मधेशमै छन् । उनले त्यहाँ बैठकको तयारी गरिरहेका छन् । एमालेले सो स्थानमा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा स्मारक शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ ।

सचिव भट्टराईले आज साढे ११ बजे बैठक सुरु हुने शिलापत्रलाई जानकारी दिए । उनले अहिले बैठकस्थलमा नेताहरूको आउनेक्रम जारी रहेको बताए । सचिव भट्टराईले बैठकको मुख्य एजेन्डा वर्तमान राजनीतिक, संसदमा भइरहेका गतिविध, पार्टीको आन्तरिक अभियानलगायतका विषय रहेको बताए । उनले यो स्थानको ऐतिहासिकताको महत्व दर्शाउन पनि यो स्थानमा बैठक गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण