आज नेपाली क्रिकेटको लागि ऐतिहासिक दिन, विश्व नम्बर एक पाकिस्तानसँग खेल्दै

Devghat Online

शेयर गरौ

काठमाडौं, भदौ १३

एसियाको सबैभन्दा ठुलो एकदिवशीय अन्तर्राष्ट्रिय प्रतियोगिता एसिया कपमा बुधवार नेपालले विश्व नम्बर एक पाकिस्तानसँग खेल्दै छ ।

नेपालले पाकिस्तानसँग र एसिया कप दुवै पहिलो पटक खेल्न लागेको हो । समूहको नेपालले पाकिस्तानबाहेक भारतसँग पनि खेल्ने छ ।

पाकिस्तानको मुल्तानमा अपराह्न सुरु हुने खेलमा नेपालले प्रतिस्पर्धात्मक चुनौती दिने नेपाली टोलीका कप्तान रोहित पौडेलले बताएका छन् ।

उनले आफ्नो टोली पाकिस्तानभन्दा अनुभवमा मात्र पछाडि रहेको उल्लेख गर्दै खेलाडीहरूमा क्षमता रहेको बताएका छन् । यता पाकिस्तानका कप्तान बाबर आजमले कुनै पनि टोलीलाई आफूले कमजोर नआँक्ने बताएका छन् ।

पाकिस्तानले नेपालविरुद्ध उत्रने टोली सार्वजनिक गरेको छ । पाकिस्तानी टोलीमा सबै पहिलो रोजाइका खेलाडीहरूलाई समावेश गरिएको छ ।

यसअघि एसीसी प्रिमियर कप जित्दै नेपालले एसिया कपमा स्थान बनाएको हो । यसअघि एक पटक छनोट भए पनि एसिया कप आयोजना नभएका कारण एसियाको सबैभन्दा ठुलो क्रिकेट प्रतियोगितामा नेपाल सहभागी हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता