एमसीसी प्रोजेक्टको नाममा रहेको जग्गा क्रान्तिकारी कम्युनिष्ट पाटीद्वारा कब्जा

Devghat Online

शेयर गरौ

दमौली, भदौ १३

व्यास नगरपालिका–१३ काजीपोखरी स्थित एमसीसी प्रोजेक्टको नाममा रहेको २ सय १० रोपनी जग्गा मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल तनहुँ जिल्ला समितिले कब्जा गरेको घोषणा गरेको छ ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल तनहुँ जिल्ला समितिका सचिवालय सदस्य एवं गन्डकी प्रदेश सचिवालय सदस्य नेत्र रानाभाट, युवा संगठनका जिल्ला संयोजक अग्नि टाइगर लगायतका नेताहरुले मंगलबार उक्त जग्गामा व्यानर टाँसेर जग्गा कब्जाको घोषणा गरेका थिए ।

एमसिसि परियोजना भदौ १३ गते बुधबारबाट कार्यान्वयन हुन गईरहेको अवस्थामा उक्त परियोजना कार्यान्वयन गर्न नदिनकोलागि जग्गा कब्जा गरिएको रानाभाटले बताए । जसले उक्त जग्गामा गएर निर्माणको काम गर्छ, त्यसलाई पार्टीको नीति अनुसारको कारवाही गरिने रानाभाटले बताए ।

एमसीसी परियोजना राष्ट्रघाती परियोजना भएको हुँदा उक्त परियोजनालाई कुनै पनि हालतमा कार्यान्वयनमा आउन नदिने रानाभाटले बताए ।

एमसीसी परियोजना अन्तर्गत रातमाटे–दमौली–बुटवल खण्डमा बन्ने विद्युत प्रसारण लाइनको सव स्टेशन राख्न उक्त जग्गा सर्वसाधरणबाट खरिद गरिएको थियो । पाँच वर्ष भित्र सम्पन्न गर्ने उक्त परियोजना भदौ १३ गते बुधबारबाट कार्यान्वयनमा जाने छ ।

यस अघि उक्त जग्गामा गत जेठ १६ गते नेकपा माओवादी केन्द्रिय जनसत्ताले व्यानर टाँगेर कब्जाको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म