एमसीसी प्रोजेक्टको नाममा रहेको जग्गा क्रान्तिकारी कम्युनिष्ट पाटीद्वारा कब्जा

Devghat Online

शेयर गरौ

दमौली, भदौ १३

व्यास नगरपालिका–१३ काजीपोखरी स्थित एमसीसी प्रोजेक्टको नाममा रहेको २ सय १० रोपनी जग्गा मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल तनहुँ जिल्ला समितिले कब्जा गरेको घोषणा गरेको छ ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल तनहुँ जिल्ला समितिका सचिवालय सदस्य एवं गन्डकी प्रदेश सचिवालय सदस्य नेत्र रानाभाट, युवा संगठनका जिल्ला संयोजक अग्नि टाइगर लगायतका नेताहरुले मंगलबार उक्त जग्गामा व्यानर टाँसेर जग्गा कब्जाको घोषणा गरेका थिए ।

एमसिसि परियोजना भदौ १३ गते बुधबारबाट कार्यान्वयन हुन गईरहेको अवस्थामा उक्त परियोजना कार्यान्वयन गर्न नदिनकोलागि जग्गा कब्जा गरिएको रानाभाटले बताए । जसले उक्त जग्गामा गएर निर्माणको काम गर्छ, त्यसलाई पार्टीको नीति अनुसारको कारवाही गरिने रानाभाटले बताए ।

एमसीसी परियोजना राष्ट्रघाती परियोजना भएको हुँदा उक्त परियोजनालाई कुनै पनि हालतमा कार्यान्वयनमा आउन नदिने रानाभाटले बताए ।

एमसीसी परियोजना अन्तर्गत रातमाटे–दमौली–बुटवल खण्डमा बन्ने विद्युत प्रसारण लाइनको सव स्टेशन राख्न उक्त जग्गा सर्वसाधरणबाट खरिद गरिएको थियो । पाँच वर्ष भित्र सम्पन्न गर्ने उक्त परियोजना भदौ १३ गते बुधबारबाट कार्यान्वयनमा जाने छ ।

यस अघि उक्त जग्गामा गत जेठ १६ गते नेकपा माओवादी केन्द्रिय जनसत्ताले व्यानर टाँगेर कब्जाको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण