काठमाडौं, भदौ २६
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा दुःख व्यक्त गरेका छन् ।
नेम्वाङको निधनबाट आफू मर्माहत भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’
नेम्वाङको गएराति बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति हृदयघात भएको थियो । हृदयघातपछि उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्याइएकोको उनको निधन भएको थियो ।