घिरिङमा गाउँपालिका स्तरीय तिजगित प्रतियोगिता, बाराहि आमा समूह प्रथम

Devghat Online

शेयर गरौ

अन्जान परियार
घिरिङ, भदौ २६

घिरिङ गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरिय महिला समुहरुको विचको तिज गित प्रतियोगिता सोमबारसम्पन्न भएको छ । बिकासमा महिलाको भुमिका भन्ने मुल नाराका साथ सोमबार गाउँपालिका कार्यालयको प्राङ्गणमा आयोजना गरिएको सो प्रतियोगितामा वडा नम्बर ५ बनडाँडाको बाराहि आमा समूह प्रथम भएको छ ।

यसै गरि वडा नम्बर १ को पुट्टारको दराई आमा समूह द्वित्तिर, वडा नम्बर ३ को सुनपानीको सुन्धारा आमा समूह तृतिय तथा वडा नम्बर २ को तल्लो छानुङ्गको जनसेवा आमा समूह सान्त्वना भएको थियो ।

बिजेताले क्रमश पन्ध्र हजार, बाह्र हजार, दस हजार र सात हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगितामा घिरिङ गाउँपालिका भित्र रहेका ३४ महिला समुहले भाग लिएका थिए ।

गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष होम बहादुर थापाले पहिला–पहिला छोरी बुहारीले आफ्नो मनको पीडा गितको माध्यम बाट पोख्ने पर्वको रुपमा तिज लाई मानिने गरेको तर तर अहिलेका महिलाहरु पिडामा नभई राष्ट्रको नेत्तृत्व तहमा पुगेको बताए । अहिले त प्रतियोगीहरुको धेरै जसो प्रस्तुतिमा देशको चिन्ता गरेको पाइयो भन्दै अध्यक्ष थापाले घिरिङ बिकास निर्माणमा कसैलाई पक्षपात नगरी आफुले काम गरिरहेको बताए ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेलले घिरिङका महिलाहरुलाई क्षमता बिकास र नेत्तृत्वदायी बनाउने उदेश्यले कार्यक्रम राखिएको बताए । महिलाहरुको भब्य उपस्थिती र महत्वपूर्ण कला प्रस्तुतिले गाउँपालिका गौरवान्वित भएको पोखरेलले बताए ।

सो कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष तहल सिंह थापाले पनि मन्तव्य राखेका थिए । सो कार्यक्रममा वडा अध्यक्षहरु, बिधालयका प्रधानाध्यापकहरु, राजनितीक दलका प्रतिनिधिहरु र जनप्रतिनिधिहरुको उपस्थित रहेका थियो ।

सो प्रतियोगितामा मुल्यांकनको भुमिकामा गायिका सुभद्रा श्रेष्ठ र अर्जुन गैह्रे रहेका थिए । उक्त कार्यक्रम सन्चालन पुष्पा थापाले गरेकी थिइन् भने स्वागत मन्तव्य कार्यपालिका सदस्य पार्बती बिकले राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौं । फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग