प्रदेश अधिवेशनकोलागि व्यासबाट सर्वसम्मत प्रतिनिधि छनौट

Devghat Online

शेयर गरौ

दमौली, असोज ९

नेकपा एमाले गन्डकी प्रदेशको प्रथम अधिवशेनकोलागि व्यास नगरपालिकाबाट सर्वसम्मतरुपमा प्रतिनिधि छनौट गरिएको छ ।

प्रतिनिधि छनौट कार्यक्रम अन्तर्गत गत असोज ६ गते मनोनयन दर्ता गरिएकोमा उक्त मनोनयन उपर छलफल गरि मंगलबार सर्वसम्मतरुपमा प्रतिनिधिहरु छनौट भएको निर्वाचन अधिकृत गौरी ज्ञवालीले जानकारी दिईन् ।

निर्वाचन अधिकृत ज्ञवालीका अनुसार प्रतिनिधिहरुमा खुल्ला तर्फबाट श्रीराम कार्की, अमर भण्डारी, प्रदिपराज अधिकारी, अनिल पाण्डे र तुल्सीराम पाण्डे, खुल्ला महिला तर्फ बिन्दु बस्नेत र बसुन्धरा घर्ती, दलित पुरुष तर्फ मोहनकुमार विक र दलित महिला तर्फ कविता बराईली, युवा तर्फ मदन तिमिल्सेना र मजदुर तर्फ बमबहादुर थापा छनौट भएका छन् ।

जिल्लाका अन्य पालकिाहरुबाट पनि सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता