देवघाटका प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई स्वागत, सुवेदीको बिदाई

Devghat Online

शेयर गरौ

देवघाट, असोज १०

देवघाट गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्यको स्वागत र सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको बिदाई गरिएको छ ।

बुधबार गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवनसिंह गुरुङ, वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवर, वडा नम्बर १ का अध्यक्ष मनिराज गुरुङ, वडा नम्बर २ का अध्यक्ष मीन बहादुर राना, वडा नम्बर ३ का अध्यक्ष टेक बहादुर आले, नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपाने, नेपाली काँग्रेस देवघाट गाउँ कार्य सििमतिका उपसभापति पुरूषोतम शर्मा पण्डित, देवघाट उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठ, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु तथा विभिन्न सहकारी लगायत अन्य संघ संस्थाका प्रतिनिधिले नयाँ प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई स्वागत र सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई खादा र मायाको चिनो सहित बिदाई गरेका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय अनुसार सुवेदीको मकवानपुरको मनहरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको थियो भने देवघाटमा मुस्ताङबाट गौरी प्रसाद आचार्य सरुवा भएर आएका थिए । बिदाई समारोहमा सुवेदीले देवघाट बसाईको क्रममा आफुलाई सहयोग गर्ने सबै देवघाटबासीलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता