दमौली, असोज ११
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले डेंगु महामारीका रुपमा व्यास नगरपालिका र आसपासमा फैलिएको भन्दै रोकथामका प्रभावकारी उपाय अपनाउन स्थानीय सरकारसँग अपिल गरेका छन् ।



बिहान सामाजिक सञ्जाल फेसबुकमा वक्तव्य जारी गर्दै भट्टराईले भनेका छन्, ‘व्यास नगरपालिका र आसपासमा डेङ्गुका कारण राम्रो उपचार नपाएर बिरामीको ज्यान गएको खबरले अत्यन्त दुःखी छु ।’ जिल्लाको सदरमुकामको सरकारी अस्पतालमा नै बिरामीले उपचार नपाएको गुनासो व्यक्त गर्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भन्दै उनले ज्यान गुमाउनेप्रति श्रद्धासुमन अर्पण गरेका छन् ।
‘सरकारी दमौली अस्पतालको सेवा चित्तबुझ्दो नभएको कैयौं गुनासो आउँदा पनि सेवा सुधार नहुँदा कतिपयले मृत्युवरण गर्नु परेको छ,’ उनले भनेका छन्–‘अर्कोतिर डेङ्गु महामारीका रुपमा फैलिरहँदा स्थानीय सरकारबाट प्रभावकारी नियन्त्रणका उपाय अनि नागरिकले उचित उपचार अभावमा ज्यान जाने अवस्था आउन नदिन द्रुत सक्रियता देखाउन हार्दिक अपिल गर्दछु ।’












