भूकम्पले बझाङमा दर्जनौं घर भत्किए, राजमार्ग अवरुद्ध

Devghat Online

शेयर गरौ

काठमाडौं, असोज १६

मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले पश्चिम नेपालका विभिन्न जिल्लामा क्षति पुर्याएको छ । अहिलेसम्म मानवीय क्षति भएको विवरण नआएको भएपनि बझाङ सहितका केही जिल्लामा भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

स्थानीयका अनुसार अहिलेसम्म भूकम्पबाट दुर्गाथली गाउँपालिका, तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालयहरु र घरहरु भत्किएका छन् ।

३ बजेर ६ मिनेट जाँदा बझाङको तालकोट केन्द्रबिन्दु भएर भूकम्प थियो । भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प जाँदा तलकोट गाउँपालिकामा क्षति पुर्याएको छ । ‘गाउँपालिका कार्यालय अगाडिकै जमिन चिरा परेको छ’, गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर भण्डारीले भनिन्, ‘१ नम्बरको सुनिकोटको वडा कार्यालय भवन नै ध्वस्त भयो भन्ने खबर छ ।’

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक भरत शाहका अनुसार भूकम्पले पहिरो आउँदा जय पृथ्वी राजमार्ग समेत अवरुद्ध भएको छ । पहिरोमा परेर २ जना घाइते भएको प्रहरी प्रमुख शाहले बताए ।

जिल्ला प्रहरी कार्यालयको भवन चर्किएको र तालकोट गाउँपालिकाको गाडीमा समेत क्षति भएको शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक