एमाले गन्डकी प्रदेशमा तनहुँले पायो ८ सदस्य, बाँकीको लागि प्रदेश भरि चुनाव लड्नु पर्ने

Devghat Online

शेयर गरौ

पोखरा, असोज १६
नेकपा एमाले गन्डकी प्रदेशमा तनहुँ जिल्लाले ८ सदस्य पाउने भएको छ । नेतृत्व चयन प्रक्रिया अन्तर्गत सबै जिल्लाको निर्वाचन क्लष्टर विभाजन गर्दा तनहुँको भागमा ८ सदस्य परेको हो ।

तनहुँले दुई वटा निर्वाचन क्षेत्रबाट एक÷एक जना, जिल्ला भुगोल अन्तर्गत खुल्लामा २ जना, जिल्लाभरबाट महिला ३ जना र दलित १ जना सदस्य पाएको छ । त्यस बाहेकका अन्य पदहरुमा निर्वाचित हुनु परेमा प्रदेशभर नै चुनाव लड्न पर्ने भएको छ ।

पोखरामा जारी नेकपा एमालेको गन्डकी प्रदेशको प्रथम अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव खुल्ला र उपसचिव महिला गरि पाँच पदाधिकारी निर्वाचित गर्ने छ ।

त्यस्तै प्रदेशका १८ निर्वाचन क्षेत्रबाट १÷१ जना गरि १८ जना, प्रदेशका ११ जिल्लाको भुगोल क्लष्टरबाट ६१ जना, प्रदेश खुल्ला निर्वाचन क्षेत्र तर्फ खुल्ला सदस्य २२ जना, महिला ११ जना, दलित महिला ५ जना, अपाङ्ग १ जना, ४० वर्ष मुनिका युवा खुल्ला तर्फ १० जना, युवा महिला तर्फ ४ जना, मजदुर खुल्ला तर्फ ३ जना र मजदुर महिला तर्फ १ जना निर्वाचित गर्नेछ ।

त्यस्तै समावेशी तर्फ आदिवासी जनजाती खुल्ला तर्फ ६ जना, जनजाती महिला ३ जना, अल्पसंख्यक खुल्ला २ जना, अल्पसंख्यक महिला १ जना र मुस्मिल १ जना निर्वाचित गर्नेछ । त्यसैगरि प्रदेश लेखा आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिव १÷१ जना तथा खुल्ला सदस्य २ र महिला सदस्य २ जना निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

राष्ट्रिय सभामा सरकारले ल्याएको बजेटका प्रावधान संशोधन हुने भएपछि बैठक नै स्थगित, चार दलको आपत्ती

काठमाडौं, असार २७ सरकारको तर्फबाट राष्ट्रिय सभाको विहिबारको बैठक स्थगित गरिएको छ । ठूलो रकम