मन्त्री जुग्जालीद्वारा बुद्धसिंह मार्गको अनुगमन, समयमै कालोपत्रे गर्न निर्देशन

Devghat Online

शेयर गरौ

दमौली, असोज २१

गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले शनिबार बुद्धसिंह मार्गको अनुगमन गरेका छन् ।

मन्त्रालयका सचिव शंकरप्रसाद पण्डीत, मन्त्रालयका सिनियर डिभिजनल ईञ्जिनियर लक्ष्मीप्रसाद भण्डारी, पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्य लगायत प्राविधिकहरुको टोली सहित मन्त्री जुग्जालीले वुुद्धसिंह मार्ग निर्माणको अवस्थाको बारेमा स्थलगत निरिक्षण गरेका थिए ।

पोखरा–मुुग्लीन र मुुग्लीन नारायणघाट सडकको वैकल्पिक मानिएको बुुद्धसिंह मार्गको दमौली देखि १० किलोमिटर दुुरीको सडक आक्सफाल्ट प्रबिधिको कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले प्रारम्भिक चरणको काम शुुरु गरेको छ । सोही कामको बारेमा मन्त्री सहितको टोलीले अनुमगन गरेको हो । अनुुगमन टोलीले निर्माण कार्यलाई तिब्रता दिन निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।

पृथ्वीराजमार्गको बैकल्पिक सडकको रुपमा लिईएको यस सडकलाई प्राथामिकतामा राखी कालोपत्रेको काम सुरु गरिएको मन्त्री जुग्जालीले बताए । पृथ्वीराजमार्ग भन्दा बुद्वसिं मार्ग हुदै चितवनको घुमाउने पुग्न करिब २२ किमि दुरी छोटो पर्ने भएकाले यस मार्गलाई प्राथामिकतामा राखेर काम गरिएको मन्त्रालयले जनाएको छ ।

दमौलीदेखि सुडेसम्मको करिब दश किमि दुरी सम्म आक्सफाल्ट प्रबिधिको कालोपत्रे लागि काम सुरु भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख श्रीकृष्ण आचार्यले बताए । कूल ३२ किलोमिटर दुरीमध्ये यसबर्ष दश किमि सडकमा कालोपत्रका लागि बजेट बिनियोजित भएपछि निर्माणका प्रक्रिया अघि बढाइएको उनले बताए ।

सडक कालोपत्रका लागि भ्याट सहित ३४ करोड २७ लाख ५४ हजार पाँच सय एकसठ्ठी रुपैयाँमा मैनाचुली÷सफल जेभीले ठेक्का सम्झौता गरी काम सुरु गरेको छ । विसं २०७९ भदौ २७ गते सम्झौता गरी २०८२ जेठ ३० गते सम्झौता अवधिभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको आचार्यले बताए ।

यसैगरि मन्त्री जुग्जाली नेतृत्वको मन्त्रालयको टोलीले शनिबार नै बन्दिपुुर गाउँपालिकाको बिमलनगरमा रहेको यातायात व्यवस्था कार्यालयको निरिक्षण समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा