इजरायलमा रहेका नेपालीको उद्धारको लागि परराष्ट्रमन्त्रीलाई पठाउन सांसद श्रेष्ठको माग

Devghat Online

शेयर गरौ

काठमाडौं, असोज २२

नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले इजरायलमा रहेका नेपालीको उद्धारको लागि परराष्ट्रमन्त्री एनपी साउदलाई पठाउन माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले नेपालीहरु खान नपाएर बंकरभित्रै मर्ने अवस्थामा रहेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले इजरायलमा रहेका फोन वार्ता गरेको सुनियो त्यसका लागि धन्यवाद। फोन वार्ता मात्रै गरेर भएर सकिँदैन भने परराष्ट्रमन्त्रीज्यूलाई तुरुन्तै इजरायल पठाएर भएपनि नेपालीहरुलाई उद्धार गर्ने, खान नपाएर त्यहाँ नेपाली विद्यार्थी मर्ने अवस्थामा छन् । उनीहरुलाई बचाएर नेपाल ल्याउन माग गर्छु ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले