मिनरल वाटरको बोतल भित्र लेउ

Devghat Online

शेयर गरौ

दमोली, असोज २२

आबुँखैरेनीमा उद्योग रहेको छिम्केश्वरी ब्रान्डको मिनरल वाटरको बोतल भित्र लेउ भेटिएको छ । सोमबार व्यास नपा–१४ केशवटारका केही युवाहरुले पिउन भनि किनेको पानीको आधा दर्जन बोतल भित्र लेउ भेटिएको हो । गत सेप्टेम्बर महिनामा सिल प्याक गरिएको उक्त पानीको बोतलमा एक महिना भित्रैमा प्रसस्त लेउ भेटिएको थियो ।

लेउ भेटिएपछि सबै पानीका बोतल जिल्ला प्रशासन कार्यालयमा ल्याएर बुझाईएको केशवटारका युवा भुवनसिंह थापाले बताए । गाउँमा एक आफन्तको मृत्यु भएको हुँदा उनको शव दाहासंस्कारको लागि व्यास–१ को छाब्दी घाटमा ल्याएपछि तिर्खाएर आएको आफुहरुले छाब्दी घाट नजिकैको किराना पसलबाट उक्त पानी किनेको थापाले बताए ।

त्यसमध्ये अधिकांश बोतलको पानी खाईसकेको र खाने क्रममै बोतल भित्र लेउ देखिएको उनले बताए । करिब आधा दर्जन बोतलको पानीमा लेउ भेटिएको थापाले बताए । लेउ भेटिएको पानीको बोतल जस्ताको तस्तै जिल्ला प्रशासन कार्यालयमा ल्याएर सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेलाई बुझाएको थापाले बताए ।

सहायक प्रजिअ गैह्रेले यसबारेमा थप छानविन गरेर पानी उद्योगलाई कानुन अनुसार कारवाही गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले