प्रहरी दिवसमा ट्राफिक सचेतना तथा लागूऔषध दुव्र्यसनी विरुद्धको अन्तरक्रिया सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, असोज २५

प्रहरी दिवस–२०८० को अवसरमा ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तथा अस्थाई ट्राफिक प्रहरी पोष्ट आँबुखैरेनीको संयुक्त आयोजनामा विहिबार आँबुखैरेनीमा ट्राफिक सचेतना तथा लागूऔषध दुव्र्यसनी विरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक शिब थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिलिप कुमार हुमागाई लगायतले लागु औषध दुव्र्यसनी तथा ट्राफिक सचेतना सम्बन्धि विषयमा मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्थानीय समाजसेवी तथा नागरिक समाजका व्यक्तिहरु, पत्रकार, शिक्षक, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, व्यवसायीहरु, स्थानीय विभिन्न टोल सुधार समिति, आमा समुह तथा युवा क्लवका प्रतिनिधीहरु लगायत प्रहरी कर्मचारीहरुको सहभागितामा पालिका स्तरीय ‘ट्राफिक सचेतना तथा लागु औषध दुव्र्यसनी विरुद्धको सचेतना सम्बन्धी विषयमा अन्तरक्रिया गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको