म्याग्दे गाउँपालिकाले दियो सुत्केरीलाई पोषण भत्ता

Devghat Online

शेयर गरौ

दमौली, असोज २५

म्याग्दे गाउँपालिकाले सुत्केरी आमा र बच्चालाई आवश्यक पर्ने पोषण आहारा खुवाउनका लागि सुत्केरी पोषण भत्ता उपलब्ध गराएको छ । गाउँपालिकाले २३ जना सुत्केरी आमालाई जनही पाँच हजारको दरले सुत्केरी पोषण भत्ता उपलब्ध गराएको हो ।

विहिबार गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सुत्केरी आमाहरुलाई उक्त पोषण भत्ता वापतको रकम उपलब्ध गराए । पोषणको अभावमा सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यमा समस्या नआओस भनेर गाउँपालिकाले सुत्केरी आमालाई पोषण भत्ता दिने नीति ल्याएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए ।

गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त कार्यक्रम समावेश गरेको थियो । अध्यक्षसँग सुत्केरी कार्यक्रम अन्तर्गत उक्त पोषणभत्ता उपलब्ध गराईएको गाउँपालिकाले जनाएको छ ।
थर्पु स्वास्थ्य चौकी मार्फत संस्थागत सुत्केरी सेवा लिएका २३ जना सुत्केरी महिलाहरुलाई विहिबार उक्त रकम उपलब्ध गराईएको हो । अव चाँडै नै अन्य स्वास्थ्य चौकीबाट सुत्केरी सेवा लिनेहरुलाई पनि उक्त रकम लिनेहरुलाई पनि भत्ता उपलब्ध गराईने गाउँपालिकाले जनाएको छ ।

अध्यक्षसँग सुत्केरी कार्यक्रम अन्तर्गत म्याग्दे गाउँपालिका भित्रका बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलाहरुलाई जनही ५ हजार पोषण भत्ता र स्वास्थ्य चौकीबाट घर लैजाने एम्बुलेन्स सेवा पनि निशुल्क प्रदान गर्दै आईरहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक