आरन पेशा जोगाउन गाउँपालिकाले सहयोग गर्छः अध्यक्ष थापा

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक १

देवघाट गाउपालिकाका अध्यक्ष तिलबहादुर थापाले आरन पेशा जोगाउन गाउँपालिकाले सहयोग गर्ने बताएका छन् । वडा नम्बर ५ स्थित सुन्दरसिल टोलका राजु सुनारको आरनको बुधबार निरिक्षण गर्दै अध्यक्ष थापाले यस्ता परम्परागत पेशाको संरक्षण गर्नु पर्ने र त्यसकोलागि गाउँपालिकाले सहयोग गर्ने बताए ।

आरन पेशा चलाईरहेका व्यक्तिहरुको प्रोत्साहनकोलागि आफु निरिक्षणकोलागि आएको अध्यक्ष थापाको भनाई थियो ।
पुस्तौ देखि चल्दै आएको आरन पेसा अहिले लोप हुने अबस्थामा पुगेको भन्दै अध्यक्ष थापाले औजार बनाउन प्रयोग गरिने आरन गोल प्रबिधि र कम पारिश्रमिकका कारण पेसा लोप हुने अबस्थामा पुगेको बताए ।

बिगतको समयमा हरेक गाउँ–गाउँमा भेटिने आरन अहिले भेट्न निकै मुस्किल रहेको भन्दै हसिया, कुटो, कोदालो, खुकुरी, बन्चरो लगायतका कृषि जन्य औजारहरू बनाउन आरन पेसालाई प्रोत्साहन गर्नु पर्ने बताए । आरनको लागि आवश्यक पर्ने कोईलाकोलागि सामुदायिक वनहरुसँग पनि समन्वय गर्न सकिने अध्यक्ष थापाले बताए ।

सो क्रममा आरन चलाउँदै आएका राजु सुनारले लोप हुन लागेको यो पेशाको संरक्षणकोलागि गाउँपालिकाले सहयोग गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो